पढ्न करिब 3 मिनेट लाग्छ

कात्तिक २७, काठमाडौँ | राजधानीको ग्राण्डी अस्पतालमा कार्यरत एक डाक्टरले आफ्नो श्रीमतीलाई चरम यातना दिएको घटना सार्वजनिक भएको छ । डाक्टर पंकच चौधरीले आफ्नी श्रीमती नेहामाथि यातना दिएको सार्वजनिक भएसँगै मधेसी आयोगले घटनाको छानबिन गर्न प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको छ ।

महोत्तरीको औरही निवासी पी नेहा चौधरीको घटनाको सत्यतथ्य छानविन गरी दोषीलाई तुरुन्त कानुनी दायरामा ल्याउन प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरिएको मधेसी आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । आयोगका अध्यक्ष डा विजयकुमार दत्तले तराई मधेशमा दाइजोले गर्दा घरेलु हिँसाको समस्या यथावत रहेको र आयोगमा सोसँग सम्बन्धित विभिन्न उजुरीहरु आउने गरेको बताए ।

सो समस्याहरूप्रति आयोग गम्भीर रहेको उनको भनाइ छ । अध्यक्ष डा.दत्तले सोचमा परिवर्तन र चेतनाको स्तर वृद्धि नभए सम्म यस्ता समस्याहरूले समाजमा कयौं चेलीबेटीहरू यातनाको शिकार बन्ने कुरा डरलाग्दो रहेको समेत बताए ।

करिब ८ महिना पहिले महोत्तरीको रामगोपालपुर घर भएको डा पंकज चौधरीसँग विवाह भएको थियो । नेहा चौधरीलाई दाइजोको नाममा श्रीमान र उनको परिवारले शारीरिक तथा मानसिक यातना दिएको उजुरी आयोगमा परेको छ । नेहाले सो घटना सामाजिक संजालमा पनि सार्वजनिक गरेकी छन् ।

" मेरो बिहे भएको ८ महीना भयो पंकच चौधरी संग। हाम्रो विहे पहिला प्रेम र सामाजिक परम्पराद्वारा भएको थियो। मेरो घर औराही महोत्तरीमा हो र मेरो ससुराली रामगोपालपुर महोत्तरीमा हो।

विवाह भएको केही दिन मात्र बितेको थियो, मलाई मेरो श्रीमान , सासु र नन्दहरुले गाली र अभद्र व्यवहार गर्न थाले। म दुःख सुख गरी बसिरहेको थिए। मेरो श्रीमान काठमाडौँ बस्नु हुन्छ, ग्राण्डी अस्पतालमामा काम गर्नु हुन्छ। मलाई नि आफू संग राख्नु भन्ने बित्तिकै मलाई पटकपटक कुटपिट गर्नु हुन्थ्यो ।

म सहन नसकेर थानामा गए, मलाई गंभीर हुने गरी पिटेर मेरो आमालाई आफनो छोरी लैजाउ भनी खबर मेरो ससुराबा ले गर्नु भयो! म ३ दिन हॉस्पिटलमा भर्ना भइ जॉच गराए। त्यसपछी थानामा निबेदन दिए! थानामा मेरो श्रीमान ४ दिन पछी उपस्थित हुनुभयो, उपस्थित हुना साथ म यस्लाइ राख्दिन, घर छिर्न दिन्न भन्नू भयो । उहाँ थानामा २ दिन बस्नु भयो । तरपनी पावर लगाएर निस्कनु भो। त्यसपछी पनि मलाइ अत्याचार भै रह्यो। सहन नसकेर मैले घरेलू हिंसाको मुदाको दर्ता गराए! तर त्यहि दिन ४ गते वहाले डिवोर्स मुदा दर्ता गरेर मलाई घर छिर्न दिनु भएन । मलाई अंश दिनू पर्छ डिभोर्स हुदा भनी वहाले आफ्नो सम्पूर्ण सम्पत्ति घर सहित छोरीहरुलाई बकस गरीदिनु भयो । मलाई वहाको सम्पत्ति वा अंश चाहिएको हैन। म बिहे गरेको सङै बाच्न मर्नको लागि हो । उहाँहरुले मलाई बार बार कुटपीट नगरोस भनेर म महिला थानामा गएको तर मलाइ न्याय मिलेन कतै बाट !

मेरो बिहेमा उनिहरुको इच्छा अनुसार सुन २० तोला, फर्निचर लगायत अन्य सामानको लागि १ करोड २५ लाख को खर्च भयेको थियो! विवाह सम्पन्न भएको केही दिन पछी नै वहाले मलाइ काठमाडौँमा घर किन्ने भन्न थाल्नु भाको थियो । तेहि सबको कारण नि मलाई घरमा कुटपीट गर्नु हुन्थ्यो । घरमा सासु र नन्दहरुकै कुरा चल्ने भएकोले मेरो श्रीमान उनिहारूले भन्ने बीतिकै मलाई कुटिहाल्ने गर्नुहुन्थ्यो । कुट्पिट भएर पेटमा चोट लगेको कारण पिसाबद्वारा रगत जान थालेको छ । मैले मेरो सासु ससुरालाई भने तर केही वास्ता गर्नु भएन । मलाइ धेरै गारो भाको छ बाच्न! " उनले लेखेकी छन् ।