Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
December 21, 2022 समाज

वैवाहिक समारोहमा नाचगानको क्रममा भएको झगडामा एक जनाको मृत्यु

By साझासवाल 2 मिनेट पढाइ

<p><b>पुस ६,&nbsp;पर्सा&nbsp;| </b>पर्साको जिराभवानी गाउँपालिकामा नाचगानका क्रममा भएको झगडामा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिराभवानी गाउँपालिका ४ ठेकरियाका ३६ वर्षीय सैमुल्लाह राउत गद्दी रहेका छन् ।&nbsp;<br></p><p>बुधबार बिहान ४ बजे प्रहरी चौकी पाण्डेपुर र इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट प्रहरी निरीक्षक किशोर आचार्यको कमान्डमा रहेको टोलीले उनलाई उपचारार्थ नारायणी अस्पताल वीरगन्जमा पुर्‍याएको र अस्पतालबाट चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।</p><p>मंगलबार राति ११ बजे सैमुल्लाह आफ्ना छिमेकी सरुम राउत गद्दीको छोरा साबिर राउत गद्दीको विवाहमा सहभागी हुन गएका थिए । वैवाहिक समारोहमा नाचगान गर्ने व्यक्तिलाई उनले नाँच्नमा रोक लगाएपछि विवाद भएको थियो । त्यस क्रममा स्थानीय जाजुल राउत गद्दीसमेतले सैनुल्लाहलाई कुटपिट गरेको कुरा खुल्न आएको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।</p>

समाचार सुन्नुहोस्

यो समाचार नेपाली आवाजमा सुन्न Play थिच्नुहोस्।