पढ्न करिब 1 मिनेट लाग्छ

माघ ५, काठमाडौँ | जनता समाजवादी पार्टी (जसपा)ले सभामुखमा नेकपा एमालेका सांसद् देवराज घिमिरेलाई मत दिने भएको छ । बिहीबार हुने प्रतिनिधिसभाको सभामुखको निर्वाचनमा जसपाले सत्ता गठबन्धनका उम्मेदवार घिमिरेलाई मत दिने भएको हो ।

प्रधानमन्त्री चयनमै सत्ता गठबन्धनमा सामेल भएको जसपाले विश्वासको मतसमेत दिएको थियो । बिहीबार संसद्लाई सम्बोधन गर्दै जसपा सांसद प्रकाश अधिकारीले घिमिरेलाई समर्थन गर्ने बताए ।

तर, शक्ति बाँडफाँडमा चित्तबुझ्दो मन्त्रालय नपाएको भन्दै जसपा सरकारमा सहभागी छैन । सभामुखको निर्वाचनमा सत्ता गठबन्धनमै रहने वा कांग्रेस नेतृत्वको विपक्षी गठबन्धनमा सामेल हुने भन्ने विषयमा लामो छलफलपछि जसपाले एमालेका घिमिरेलाई नै मत दिने भएको हो ।

पार्टीको संसदीय दलको बैठकले सभामुखमा एमालेका उम्मेदवार घिमिरेलाई मतदान गर्ने निर्णय गरेका जसपाका प्रचार प्रसार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।