Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

खानेपानी मन्त्रालयमा जान तयार भए मन्त्री खान

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

माघ ११, काठमाडौँ । बिना विभागीयमन्त्री अब्दुल खान खानेपानी मन्त्री बन्न सहमत भएका छन् । उनले आज बुधबार दिउँसो २ बजे पदभार ग्रहण गर्ने कार्यक्रम छ ।

११ पुसमा जनमत पार्टीबाट मन्त्री बनेका खानलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ३ माघमा खानेपानी मन्त्रीको जिम्मेवारी दिएका थिए ।

तर पूर्वसहमति अनुसार उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालय नै पाउनुपर्ने भन्दै उनले कार्यभार सम्हाल्न मानेका थिएनन् ।

‘हाम्रो विमति कायमै छ । तर प्रधानमन्त्रीको विशेष आग्रह गर्नुभयो । केही दिनका लागि भए पनि खानेपानी मन्त्रालय सम्हाल्नुस् भनेपछि तयार भएको हुँ,’ मन्त्री खानले  भने ।