लोकदोहोरी गायक भीम पाैडेलको निधन

साझासवाल

माघ १३, काठमाडौँ | लोकदोहोरी गायक भीम पाैडेलको निधन भएको छ । स्याङजा, खुदी घर भएका उनी लामो समयदेखि लोकदोहोरी गायनमा सक्रिय थिए । उनी केही समयदेखि बिरामी रहेको लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष रमेश बिजी बताउँछन् । उनको घरमै निधन भएको हो ।

“लामो समयदेखि उनी लोकदोहोरी गायनमा सक्रिय थिए । दोहोरी प्रतियोगिताबाट गायनमा प्रवेश गरेका भाइ हुन्,” अध्यक्ष बिजी भन्छन्, “उसले प्रतिस्पर्धा गरेका थुप्रै प्रतियोगितामा म नै निर्णायक थिएँ । राम्रो प्रतिभा भएको मान्छे हो ।”

पछिल्लो समय उनी लाइभ दोहोरीमा लोकप्रिय थिए । रमेश भीमको निधनले लोकदोहोरी क्षेत्रले ठूलो क्षेति बेहोरेको बताउँछन् ।

“भीम शालीन स्वभावको प्रतिभावान गायक हुन् । उनको निधन समग्र लोकदोहोरी क्षेत्रकै लागि अपूरणीय क्षति हो,” उनले भने ।

Leave a Comment

Leave a Reply