यती एयरलाइन्सको ‘ब्ल्याक बक्स’ अनुसन्धानको लागि आज सिंगापुर लगिने

साझासवाल
1 Min Read

<p><b>माघ १३, काठमाडौँ | </b>पोखरामा दुर्घटना भएको यती एयरलाइन्सको ‘ब्ल्याक बक्स’ अनुसन्धानका लागि सिंगापुर लगिने भएको छ । चालक दलका सदस्यसहित ७२ जनाको ज्यान गएको उक्त विमान दुर्घटनाको कारण पत्ता लगाउन ब्ल्याक बक्स शुक्रबार सिंगापुर लान लागिएको हो ।</p><p>सिंगापुर यातायत सुरक्षा अनुसन्धान ब्युरोमा विज्ञहरूको मद्दतले ब्ल्याक बक्सको डाटा रेकर्डर र ककपिट रेकर्डरको अध्ययन गरी दुर्घटनाको कारण पत्ता लगाउन ब्ल्याक बक्स पठाउन लागिएको दुर्घटना जाँच आयोगका सदस्य सचिव बुद्धिसागर लामिछानेले जानकारी गराए । उक्त ब्ल्याक्स बक्सको अनुसन्धान कहिलेसम्म सकिन्छ भन्ने विषयमा भने अहिले नै केही किटान गर्न नसकिने उनको भनाई छ ।</p><p>‘दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स अध्ययनका लागि सिंगापुर लगिने निर्णय भएको छ । उक्त अध्ययन अनुसन्धान सक्किएपश्चात मात्र दुर्घटनाको कारणबारे एउटा निचोडमा पुग्न सकिने अवस्था हुन्छ यद्यपि उक्त अध्ययन अनुसन्धान यति समयमै सकिन्छ भन्न सकिने अवस्था छैन, सकेसम्म चाँडो गर्ने हाम्रो प्रयत्न हुनेछ’, लामिछानेले भने ।</p>

Share This Article
Leave a Comment

Leave a Reply