डिल्लीबजारस्थित फ्युजन कन्सल्टेन्सीमा प्रहरीको छापा, सञ्चालकसहित ३ जना पक्राउ

साझासवाल

<p><b>माघ १३, काठमाडौं |</b> डिल्लीबजारस्थित फ्युजन कन्सल्टेन्सीमा प्रहरीले छापा मारेर तीन जनालाई पक्राउ गरेको छ। छापा मारेर कन्सल्टेन्सीका सञ्चालक माधव पौडेलसहित ३ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।&nbsp;<br></p><p>छापा मारेने क्रममा कन्सल्टेन्सीबाट शिक्षा मन्त्रालय र विभागको नक्कली छाप र लेटरप्याड भेटिएको र विद्यार्थीहरूलाई विदेश पठाउन आवश्यक बैंक स्टेटमेन्ट समेत सो कन्सल्टेन्सीले नक्कली बनाउने गरेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ। आरोपीहरूमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ।</p>

Leave a Comment

Leave a Reply