<p><b>फागुन २, काठमाडौँ |</b> प्रहरी वृत्त बालाजुमा कार्यरत प्रहरी नायव उपरीक्षक (डिएसपी) रविन विष्टको जिम्मेवारी खोसिएको छ। बालाजुमा भएको घटनामा आन्दोलनकारीले २ वटा गाडी तोडफोड गरेपछि प्रहरी वृत बालाजुका प्रमुख (डीएसपी) रविन विष्ट काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी तानिएका छन् । आफ्नै गाडी आगजनी भएको र सुरक्षा व्यवस्था मजबुत बनाउन नसकेको भन्दै उनलाई मेट्रो तानिएको हो ।</p><p><img src="https://sajhasabal.com/wp-content/uploads/2024/10/f7a5b2ff3a53c966405d299620abbe2a1676360353.jpg" style="width: 956px;"><br></p><p>उनको ठाउँमा मेट्रोकै डीएसपी मन्जित कुँवरलाई जिम्मेवारी दिइएको छ । ट्राफिक प्रहरीले जरिवाना बढाएको भन्दै भएको सोमबार प्रदर्शनकारीले उग्र रूप लिएका थिए। त्यसक्रममा बसपार्क, माछापोखरीलगायतका क्षेत्रमा तोडफोड र आगजनी गरेका थिए। बसपार्कमा भीडले मोबाइल पसलमा छिरेर लुटपाटसमेत गरेको थियो ।</p>
February 14, 2023
समाज
बालाजुका डिएसपी विष्टको जिम्मेवारी खोसियो
By साझासवाल
2 मिनेट पढाइ










