फागुन १४, काठमाडौँ | एक किशोरीलाई दुव्र्यवहार गरेको आरोपमा प्रहरीले चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरोको टोलीले उनलाई पक्राउ गरेको हो ।

कानुनी कारबाहीका लागि ब्यूरोले चिनियाँ नागरिक याङली मिङलाई ललितपुर प्रहरीमा बुझाएको छ । जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक प्रवीण पोखरेलले उनीमाथि आवश्यक कानुनी काराबाही प्रक्रिया सुरु भएको जानकारी दिनुभयो । प्रहरीले ती किशोरीको उद्धार गरेको जनाएको छ ।

February 26, 2023
समाज
चिनियाँ नागरिक पक्राउ
By साझासवाल
2 मिनेट पढाइ