Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
March 4, 2023 समाज

रेष्टुरेन्टको ६ तलामाथिबाट खसेर माधवकुमार नेपालका भाइ सरोजकुमारको निधन

By साझासवाल 2 मिनेट पढाइ

<p><b>फागुन २०, काठमाडौं |</b> एकीकृत समाजवादीका नेता सरोजकुमार उपाध्यायको निधन भएको छ । उनी एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालका भाइ समेत हुन् ।<br></p><p>सरोजकुमार उपाध्याय शनिबार शंखमुलस्थित एक रेष्टुरेन्टको ६ तलामाथिबाट खसेका थिए । एकीकृत समाजवादीका उपमहासचिवका अनुसार उनलाई तत्काल उद्दार गरेर सिभिल अस्पताल लगिएको थियो ।</p><p>त्यहाँबाट उनलाई अन्नपूर्ण अस्पताल लगिएको महानगरीय प्रहरी परिसर, काठमाडौंका एसएसपी दानबहादुर कार्कीले जानकारी दिए |&nbsp;</p>