<p><b>फागुन २३, काठमाडौँ |</b> महाकाली नगरपालिका-४ बाङ्गाबगर जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएकोछ भने १० घाइते भएका छन् । मधेश प्रदेश-०३ ००१ ज ०३४० नम्बरको जीप लास्कु खोलामा खस्दा चालकसहित १० जना घाइते भएका हुन्। <br></p><p>घाइतेहरूलाई जिल्ला अस्पताल दार्चुलामा उपचार गर्दागर्दै १ जना भारतीय नागरिक ५५ वर्षीय कालीदेवी नेगीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।</p><p>घाइते एक ७ वर्षीया बालिका किरन आग्रिलाई थप उपचारका लागि रिफर गरिएको प्रहरीले जनाएको छ।</p>
March 7, 2023
समाज
दार्चुलामा जीप दुर्घटना: एकको मृत्यु ,दशजना घाइते
By साझासवाल
2 मिनेट पढाइ










