Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
March 14, 2023 समाज

आजको मौसम : केही स्थानमा चट्याङसहित वर्षाको सम्भावना

By साझासवाल 2 मिनेट पढाइ

<p><b>फागुन ३०, काठमाडौँ | </b>आज दिउँसो देशका&nbsp; पहाडी भू–भागका केही स्थानमा&nbsp; चट्याङसहित क्षणिक र हल्का वर्षाको सम्भावना छ ।&nbsp;<br></p><p>यसैगरी लुम्बिनी प्रदेशलगायत तराईका केही स्थानमा अपराह्नतिर मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविद् बरुण पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार आज राति भने कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको सम्भावना&nbsp; छ ।&nbsp;</p><p>हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेका कारण दिउँसो पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।&nbsp;</p>