पढ्न करिब 1 मिनेट लाग्छ

असोज ८, काठमाडौं । नेपाली क्रिकेटर सन्दिप लामिछानेले अष्ट्रेलियामा आफ्नो पहिलो खेलमा प्रभावशाली खेल पर्दर्शन गरेका छन् ।

सन्दिपले शनिबार सिड्नी पि्रमियर क्रिकेटमा क्लार्ककै क्लब वेष्टर्न सबअर्ब्सबाट डेब्यू गरेका हुन् । खेलमा वेष्टर्न सबअब्र्सले मोसमनलाई ६ विकेटको जित हात पारेको छ । हालै मात्र १६ वर्ष पुरा गरेका नेपाली बलर सन्दिपले सबैको ध्यान तान्न सफल भएको अष्ट्रेलिया क्रिकेटले जनाएको छ ।

सन्दिप सोमबार मात्र अष्ट्रेलिया पुगेका थिए । गत मेमा हङकङमा क्लार्कसँगै खेलेपछि उनलाई अष्ट्रेलियाबाट खेल्ने अवसर जुटेको हो । उनले डेब्यू खेलमा ८ ओभरमा १ विकेट लिएर १७ रन दिए ।

क्लार्कले पनि सन्दिपको प्रदर्शनप्रति सन्तोष व्यक्त गरेका छन् । उनले भनेका छन् 'सन्दीपको यो राम्रो सुरुवात हो ।

सन्दिपले आफ्नो दुई ओभरमा नै पिच कन्डिसन बुझेको र त्यसपछि आफ्नो पेश परिवर्तन गर्दै बलिङमा भेरिएसन ल्याएको भन्दै क्लार्कले प्रशंसा गरे ।

उनले भने, सन्दिपसँग क्षमता छ, यसमा कुनै शंका छैन । तर, मलाई लाग्छ उनले यो भन्दा धेरै गर्नुछ ।'