मङ्सिर १७, काठमाडौँ । थाइल्यान्डमा जारी एसिसी महिला एसिया कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत पाँचौँ खेलमा नेपाल भारतसँग ९९ रनले पराजित भएको छ ।

"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

मङ्सिर १७, काठमाडौँ । थाइल्यान्डमा जारी एसिसी महिला एसिया कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत पाँचौँ खेलमा नेपाल भारतसँग ९९ रनले पराजित भएको छ ।

"/>
2026-06-24 07:29 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

महिला एसिया कप क्रिकेटमा नेपाल ९९ रनले पराजित

2016-12-02


मङ्सिर १७, काठमाडौँ । थाइल्यान्डमा जारी एसिसी महिला एसिया कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत पाँचौँ खेलमा नेपाल भारतसँग ९९ रनले पराजित भएको छ ।

भारतले प्रस्तुत गरेको १२१ रनको लक्ष्य पछ्याएको नेपाल १६.३ ओभरमा २१ रनमै अलआउट भयो । यो नेपालको सबैभन्दा कम स्कोर हो । दोस्रो खेलमा श्रीलङ्कासँग आठ विकेटको लज्जास्पद हार बेहार्दा नेपालले जम्मा २३ रन मात्र जोडेको थियो, जुन नेपाली महिला क्रिकेट इतिहासकै अत्यन्त न्यून स्कोर थियो । आजले नेपालले त्योभन्दा कम स्कोर बनाएको छ ।

यसअघि सन् २०१४ को इन्चोन एसियाली खेलकुद प्रतियोगितामा नेपालले बङ्गलादेशविरुद्ध खेलमा २६ रन बनाएको थियो ।  नेलपालका कुनै पनि ब्याट्सवुमनले दोहोरो अंक जोड्न सकेनन् । कतिसम्म भने नेपालका कुनै पनि ब्याट्सवुमनले बनाएको व्यक्तिगत रन भन्दा अतिरित्त रन धेरै रह्यो ।

नेपालका लागि कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । चार खेलाडी शुन्य रनमा आउट भए भने सरिता मगरले सर्वाधिक ६ रनको योगदान दिइन् । ज्योति पाण्डे, करुणा भण्डारी र रुविना क्षेत्री २/२ रनमा आउट भइन् भने सीता राना मगर र रोसनी बोहोराले १/१  रन जोडिन् । नेरी थापा, निरा राजोपाध्याय, शोभा आले र संगीता राई शून्यमै आउट भइन् । सरस्वती कुमारी शून्यमै नटआउट रहिन् । भारतकी पुनम यादवले ३ विकेट लिइन् ।

यसअघि टस जितेर भारतलाई ब्याटिङ गर्न नेपालले पठाएको थियो । पहिलो ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय २० रन बनायो ।

भारतका लागि शिखा पाण्डेले नटआउट रहँदै सर्वाधिक ३९ रन बनाइन् भने आपनर भेलास्वामी भनिथाले २१ रनको योगदान दिइन् । त्यस्तै अनुजा पाटिल र हरमनप्रित कौरले क्रमशः १६ र १४ रनको योगदान दिए । नेपालका लागि रुविना क्षेत्रीले २ तथा सीता मगर र करुना भण्डारीले १–१ विकेट लिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ फरक परिणाम निकाल्ने हो भने केही फरक गर्नैपर्छ: रवि लामिछाने कठिन परिस्थितिलाई अवसर र शक्तिमा बदल्न सक्ने क्षमता एमालेसँग छ: शंकर पोखरेल कुर्सी समातेर मात्रै बस्ने शैलीले पार्टी चल्दैन: गगन थापा रास्वपाकाे बन्दसत्र सुरू एमालेले संसदीय दलको बैठक पार्टी मुख्यालय च्यासलमा सुरू पछिल्लो कार्यतालिका अनुसार पनि सुरू भएन रास्वपा बन्दसत्र कक्षा १२ को नतिजा प्रकाशनमा कुनै त्रुटि भएको छैनः शिक्षा मन्त्रालय रास्वपाको नयाँ नेतृत्व चयनका लागि भोलि मतदान हुने रास्वपाको बन्दसत्र दिउँसो २ बजेदेखि सुरु हुने एमालेले बोलायो संसदीय दल र सचिवालयको बैठक