फागुन २८, काठमाडौँ । आइसीसी विश्‍व क्रिकेट लिग च्यामपियनसीप खेल अन्तर्गत केन्याविरुद्धको पहिलो खेलमा नेपाल ५ विकेटले पराजित भएको छ । 


&"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन २८, काठमाडौँ । आइसीसी विश्‍व क्रिकेट लिग च्यामपियनसीप खेल अन्तर्गत केन्याविरुद्धको पहिलो खेलमा नेपाल ५ विकेटले पराजित भएको छ । 


&"/>

2026-06-24 11:50 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आइसीसी विश्व क्रिकेट च्याम्पियनसीप: नेपाल केन्यासँग ५ विकेटले पराजित

2017-03-11

फागुन २८, काठमाडौँ । आइसीसी विश्‍व क्रिकेट लिग च्यामपियनसीप खेल अन्तर्गत केन्याविरुद्धको पहिलो खेलमा नेपाल ५ विकेटले पराजित भएको छ ।


शनिबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा नेपाल केन्यासँग पाँच विकेटले पराजित भएको हो । डिएल मेथडअनुसार केन्याले पाएको ९३ रनको लक्ष्य २४.१ ओभरमा ५ विकेट गुमाएर भेट्टाएको हो ।

वर्षाका कारण बीचमै खेल रोकिएपछि ३८ ओभरको खेल डिएल मेथडका आधारमा फेरि २९ ओभरमा छोट्याइएको थियो । तर, केन्या जवाफी व्याटिङमा उत्रिएका बेला पानी परेपछि खेल २६ ओभरमा छोट्याइएको थियो ।

नेपालले ३६ ओभर ८ विकेट गुमाएर ११२ रन बनाउँदा पुनः वर्षाभएपछि खेल २९ ओभरमा छोट्याइएको थियो । त्यसपछि केन्याले २९ ओभरमा १०४ रनको विजयी लक्ष्य पाएको थियो । तर, पछि फेरि पानी परेपछि केन्याले २६ ओभरमा ९४ रनको लक्ष्य पाएको हो ।

केन्याका लागि कप्तान राकेप पटेलले ३४ तथा कोलिन्स ओबुयाले २४  रन बनाए । नेपालका सन्दिप लामिछाने र सागर पुनले समान दुई दुई तथा बसन्त रेग्मीले एक विकेट लिए । 

यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ३६ ओभरमा ८ विकेटको क्षतिमा एक सय १२ रन बनायो ।

नेपालका कप्तान ज्ञानेन्द्र मल्लले २७, दिपेन्द्र सिंह ऐरीले १९, सागर पुनले १०, बसन्त रेग्मीले ६, विनोद भण्डारीले ४, शरद भेषावकरले ३ तथा मेहबुब आलमले २ रन बनाए । सोमापाल कामीले नटआउट १८ तथा शक्ति गौचनले नटआउट १५ रन बनाए ।

केन्याका शेम एगोचेले तीन तथा नेलशन आधिएमबोले दुई विकेट लिए । जितपछि केन्याको ९ खेलबाट १० अंक भएको छ । नेपालको भने ९ खेलबाट ६ अंक छ ।  नेपाल र केन्याबिच आउँदो सोमबार दोस्रो खेल हुनेछ । 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ फरक परिणाम निकाल्ने हो भने केही फरक गर्नैपर्छ: रवि लामिछाने कठिन परिस्थितिलाई अवसर र शक्तिमा बदल्न सक्ने क्षमता एमालेसँग छ: शंकर पोखरेल कुर्सी समातेर मात्रै बस्ने शैलीले पार्टी चल्दैन: गगन थापा रास्वपाकाे बन्दसत्र सुरू एमालेले संसदीय दलको बैठक पार्टी मुख्यालय च्यासलमा सुरू पछिल्लो कार्यतालिका अनुसार पनि सुरू भएन रास्वपा बन्दसत्र कक्षा १२ को नतिजा प्रकाशनमा कुनै त्रुटि भएको छैनः शिक्षा मन्त्रालय रास्वपाको नयाँ नेतृत्व चयनका लागि भोलि मतदान हुने रास्वपाको बन्दसत्र दिउँसो २ बजेदेखि सुरु हुने एमालेले बोलायो संसदीय दल र सचिवालयको बैठक