Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

एशिया कप क्रिकेट: नेपालद्वारा ओमानलाई २२२ रनको लक्ष्य

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>भदौ १३, काठमाडौँ | </b>एशिया कप छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालले आज ओमानसामु २२२ रनको लक्ष्य प्रस्तुत गरेको छ ।&nbsp;<br></p><p>मलेसियाको राजधानी क्वालालम्पुरस्थित बायुमास ओभलमा टस हारेरे ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरको खेलमा ९ विकेट गुमाएर २२१ रन बनायो । नेपालका लागि सागर पुनले उत्कृष्ट ब्याटिङ गरे । उनले ८३ रन बनाए । ज्ञानेन्द्र मल्लले ४५, आरिफ शेखले ३६ तथा करण केसीले अविजित २६ रन बनाए । अहिले ओमानले जवाफी ब्याटिङ गरिरहेको छ । ओमानले ९ ओरमा एक विकेट गुमाउँदै ३७ रन जोडेको छ ।&nbsp;</p><p>प्रतियोगितामा नेपालसँगै आयोजक मलेसिया, ओमान, संयुक्त अरब इमिरेटस् (युएई), सिङ्गापुर र हङकङ सहभागि छन् । एकदिवसीय खेलमा नेपाल र ओमन पाँच पटक भिड्दा नेपाल तीन तथा ओमान दुई खेलमा विजयी भएको छ । रासस</p>