साउन १५, एजेन्सी | बेलायतको नन लिग टिम स्पेनिमोर टाउनले न्युटन एक्लेफसँगको मैत्रिपूर्ण खेलको दोस्रो हाफ खेल्न अस्वीकार गरे"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १५, एजेन्सी | बेलायतको नन लिग टिम स्पेनिमोर टाउनले न्युटन एक्लेफसँगको मैत्रिपूर्ण खेलको दोस्रो हाफ खेल्न अस्वीकार गरे"/>
2026-06-23 05:40 AM
काठमाडौँ - KTM

पहिलो हाफमा १–० ले हारेपछि, दोस्रो हाफ खेल्न अस्वीकार

साउन १५, एजेन्सी | बेलायतको नन लिग टिम स्पेनिमोर टाउनले न्युटन एक्लेफसँगको मैत्रिपूर्ण खेलको दोस्रो हाफ खेल्न अस्वीकार गरेको छ । 

न्युटन एक्लेफका खेलाडीले निकै खराब ट्याकल गरेको र त्यसका कारण आफ्ना खेलाडीको सुरक्षामा खतरा भएकाले दोस्रो हाफ नखेलेको स्पेनिमोर टाउनले दाबी गरेको छ । पहिलो हाफमा स्पेनिमोर टाउन १–० ले पछि परेको थियो ।

स्पेनिमोर टाउनले एक वक्तव्य निकालेर खेल अघि बढाउन चुनौती देखिएकाले आफूहरु खेलाडीको सुरक्षाका लागि दोस्रो हाफ नखेल्ने निर्णय गरेको उल्लेख गरेको छ ।

खेलाडी र खेल पदाधिकारीको सुरक्षा आफूहरुको पहिलो प्राथमिकता रहेको क्लबले उल्लेख गरेको छ । मैत्रिपूर्ण खेल भनिएपनि खेल कुनै युद्ध जस्तै भएको भन्दै नखेलिएको एक दर्शकलाई उद्धृत गर्दै मिररले लेखेको छ । तर न्युटन एक्लेफले भने त्यस्तो तनावको अवस्था नरहेको दाबी गरेको छ । स्पेनिमोरको निर्णयबाट आफूहरु अचम्मित भएको न्युटनका प्रशिक्षक एलन ओभरले बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको बन्द सत्र आजका लागि स्थगित एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ रोल्पामा बस दुर्घटना हुँदा १२ जना घाइते गृहमन्त्री सुधन गुरुङविरुद्ध उजुरी दर्ता बेलायती प्रधानमन्त्री स्टार्मरले गरे राजीनामा दिने घोषणा संसदभित्र प्रतिपक्षीको आवाज भनेको तपाईंहरूको आवाज हो: भीष्मराज आङ्देम्बे तराईमा तातो हावा र पहाडमा वर्षाको सम्भावना रास्वपाद्वारा विधान संशोधन गरी पार्टीलाई थप समावेशी बनाउने निर्णय स्रोत नखुलेको ११ लाख रूपैयाँ नगदसहित एक जना पक्राउ अब नयाँ राष्ट्रपति बाबुराम भट्टराई बन्न सक्छन् : हर्क साम्पाङ टिपर दुर्घटनामा चालकको मृत्यु निर्धारित समयमा सुरु भएन रास्वपाको बन्दसत्र पछिल्लो २४ घण्टामा ट्राफिक कारबाहीबाट १० लाख ५३ हजार ५१० राजस्व सङ्कलन सुनचाँदीको मूल्य बढ्यो हामी कम्युनिस्टहरू निराश हुने होइन, आशावादी हुने हो: माधवकुमार नेपाल हामी लोकतन्त्रप्रति प्रतिबद्ध छौँ : सभापति लामिछाने रास्वपाको केन्द्रीय समिति बैठक चितवनमा सुरू एक बृद्धको हत्याको आरोप आमाछोरा पक्राउ पौडी खेल्ने क्रममा एक युवक बेपत्ता पार्टीको भविष्य, विचार र सङ्गठनात्मक शक्ति कार्यकर्ताको निष्ठा र जनताको विश्वासबाट निर्देशित हुन्छ: महेश बस्नेत