Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

रेमो डिसूजा, उनकी पत्नी सहित अन्य पाँच जनामाथि ठगीको उजुरी

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

नयाँ दिल्ली | बलिउडका चर्चित कोरियोग्राफर र निर्देशक रेमो डिसूजा, उनकी पत्नी लिजेल डिसूजा र अन्य पाँच जनामाथि एक नृत्य समूहले ११ करोड ९६ लाख भारुको ठगीको उजुरी दर्ता गरेका छन्। मुम्बईको ठाणे प्रहरीले शनिबार सो उजुरी दर्ता भएको पुष्टि गरेको छ।

२६ वर्षीय डान्सरले रेमो र उनकी पत्नीसहित सबैमाथि यो आरोप लगाएका हुन्। पीडित डान्सरले अक्टोबर १६ मा मुम्बईको मीरा रोड प्रहरी थानामा उजुरी दर्ता गराएका थिए। प्रहरीले आरोपित सबैमाथि जालसाजी, धोकाधडी र अन्य धारा अनुसार मामला दर्ता गरेको छ।

उजुरीमा उल्लेख गरिएको छ कि डान्सर र उनका समूहसँग सन् २०१८ देखि २०२४ बीचमा धोकाधडी भएको हो। यस समूहले टिभीको एउटा शोमा प्रदर्शन गरेर जित हासिल गरेको रेमो र उनकी टीमले पीडितहरूको समूह आफ्नो हो भन्ने देखाएर शोमा जितेको ११ करोड ९६ लाख भारुको इनाम राशि हत्याएको आरोप छ।

यस मामिलाको जाँच भइरहेकाले प्रहरीले थप विवरणहरू प्राप्त गर्न सक्रियता देखाइरहेको छ।

रेमो डिसूजाले कोरियोग्राफी र निर्देशन बाहेक विभिन्न रियालिटी शोमा जजको रूपमा पनि काम गरिसकेका छन्, जसमध्ये “डान्स इन्डिया डान्स,” “झलक दिखलाजा,” र “डान्स प्लस” प्रमुख छन्। उनले सलमान खानको “रेस ३,” टाइगर श्राफको “फ्लाइङ्ग जट” र एबीसीडी फ्रेन्चाइजीका फिल्महरूको निर्देशन पनि गरेका छन्। रेमोको नयाँ फिल्म “ह्याप्पी” छिटै अभिषेक बच्चनको शीर्ष भूमिकामा अमेजन प्राइम भिडियोमा रिलिज हुँदैछ।