Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दुर्गा प्रसाईंले सर्वोच्चमा दर्ता गराए बन्दी प्रत्यक्षीकरणको रिट, आइतबार सुनुवाइ

२०८१, ७ मंसिर शुक्रबार १५:०६

काठमाडौँ | दुर्गा प्रसाईंले आफूलाई गैरकानुनी रुपमा प्रहरी हिरासतमा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका छन्। उनका कानुनी व्यवसायीमार्फत दायर गरिएको रिट सर्वोच्च अदालतमा दर्ता भइसकेको छ। अदालतका प्रवक्ता अच्युत कुईंकेलका अनुसार रिटको पेशी आइतबारका लागि तोकिएको छ।

प्रहरीले प्रसाईंलाई मंसिर ४ गते ‘फेक डकुमेन्ट’को सहारामा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दुष्प्रचार र अफवाह फैलाएको आरोपमा पक्राउ गरेको थियो। प्रहरीले उनका विरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा कारबाही अगाडि बढाउने जनाएको छ।

प्रसाईंले सामाजिक सञ्जालमा प्रधानमन्त्री ओलीको नाम र नक्कली हस्ताक्षर भएको कागजात सार्वजनिक गर्दै कम्बोडियामा लगानी रहेको दाबी गरेका थिए। उक्त कागजातलाई आधारहीन र नक्कली ठहर गर्दै प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।

यसअघि असोज १५ गते काठमाडौं जिल्ला अदालतले प्रसाईंलाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो। तर, पुन: ‘फेक डकुमेन्ट’ प्रयोग गरी दुष्प्रचार गरेको आरोपमा उनलाई मंसिर ४ गते पक्राउ गरिएको हो।

प्रहरीले प्रसाईंमाथि विद्युतीय कारोबार ऐनको दफा ४७ अनुसार ५ वर्षसम्म कैद सजायको माग दाबी गर्दै मुद्दा दायर गरेको छ। उक्त मुद्दाको फैसला भने आउन बाँकी रहेको छ।

प्रसाईंको बन्दी प्रत्यक्षीकरणको रिटको सुनुवाइ आइतबार हुनेछ। यस प्रकरणले समाजमा झुटा समाचार र कागजातको प्रयोगको कानुनी असरबारे थप बहस सुरु गरेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै