Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

काठमाडौं सहित देशका विभिन्न स्थानमा ३ जना मृत भेटिए

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

काठमाडौँ | देशका विभिन्न स्थानमा ३ जना मृत भेटिएका छन्। काठमाडौंको दक्षिणकाली नगरपालिका-१, चाल्नाखेल कुश्‍लेगाउँका २५ वर्षीय सञ्जीव कुमार कटवाल आफ्नै घरमा शुक्रबार मृत अवस्थामा फेला परेका छन्।

काठमाडौं महानगरपालिका-१३ कालिमाटी शालिकचोकस्थित सडक पेटीमा उदयपुर कटारी नगरपालिका-९, लिमकटार घर भएकी ४२ वर्षीया जानुका सुर्खेती शुक्रबार मृत अवस्थामा फेला परेकी छिन्।

सुनसरीको बराहक्षेत्र नगरपालिका-१, बराहक्षेत्रस्थित कोशी नदीको भंगालोमा हाल नाम, थर, वतन नखुलेका करिब ३५ वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन्।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।