Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

कमलपोखरीको मम: पसलमा ग्यास सिलिण्डर विष्फोट, १४ घाइते

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

काठमाडौँ | काठमाडौँको कमलपोखरीमा ग्यास सिलिण्डर विष्फोट हुँदा १४ जना घाइते भएका छन्। आज बिहीबार बिहान भएको घटनाका घाइतेमध्ये ११ जनालाई अस्पताल भर्ना गरिएको छ। अरु तीन जना सामान्य घाइते छन्।

काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनालका अनुसार कमलपोखरीको ‘सानदार मम: पसल’ मा ग्यास सिलिण्डर विष्फोट भएको हो।

घटनामा सोही पसलका कामदार छन्। घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।