Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

मंगलबारदेखि बिहीबारसम्म देशका विभिन्न स्थानमा वर्षाकाको सम्भावना

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

काठमाडौँ | मंगलबारदेखि बिहीबारसम्म देशका विभिन्न स्थानमा वर्षाका साथै हिमपातको समेत सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागकी वरिष्ठ मौसमविद् शान्ति कँडेलले बताइन्। मंगलबार कोशी प्रदेशको पहाडी तथा तराईका क्षेत्रहरू, बागमती, गण्डकी र लुम्बिनीको पहाडी क्षेत्रका केही भूभागमा मेघ गर्जन चट्याङसहित वर्षा हुने भएको छ।

बुधबार देशभर पानी पर्ने सम्भावना रहेको उनले बताइन्। विशेषगरी कोशी प्रदेश र मधेस प्रदेशका साथै अन्य क्षेत्रका केही स्थानमा वर्षा हुने सम्भावना रहेको छ। बिहीबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानका साथै देशका अन्य केही क्षेत्रमा पनि वर्षा हुने विभागले जनाएको छ। बिहीबारसम्म उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै ठाउँमा हिउँ पर्ने सम्भावना रहेको छ।

पश्चिमी वायु, स्थानीय वायु र बंगालको खाडीबाट भित्रिएको पानीको कण सहितको हावाको प्रभावको कारणले यस्तो मौसमी अवस्था आएको उनले बताइन्।