Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

अनलाइन पुन श्रमस्विक्रिति लिनको लागि FEIMS पासवर्ड रिसेट गर्ने निवेदन नमुना

By साझासवाल 6 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

हाल कोरोना महामारीको कारण वैदेशिक रोजगारबाट विदामा आएका तथा अनलाइन श्रम-स्वीकृतिको अवधि सकिएकाहरुले अनलाइनबाटै पुन: श्रम-स्वीकृति लिन सक्ने व्यवस्था छ ।  तर कयौंले यसअघि श्रम गराउँदा इमेल अन्यथा प्रविष्ट गराएको कारण अनलाइनबाटै श्रम स्वीकृति लिन समस्या भएको गुनाशो गरिरहेका छन् ।

तपाइँले अनलाइनबाट पुन: श्रम स्वीकृति लिनको लागि https://feims.dofe.gov.np/ मा जानुपर्छ । यो वेबसाइट लिंकमा गएपछि *Re-Entry Registration (पुन:श्रम स्वीकृतिको लागि) भन्ने लिंकमा क्लिक गर्नुपर्छ । यस अघि श्रम स्वीकृति लिँदा कुन इमेल प्रयोग भएको रहेछ भन्ने जानकारी लिन तपाइले https://feims.dofe.gov.np/Individual-ReEntry-Registration.aspx खोलेपछि आफ्नो पासपोर्ट नम्बर राखेर सर्च गर्नुहोला । त्यसमा तपाइँको इमेल देखाउंछ । एदी तपाइको इमेल त्यो होइन भने तपाइँ आफैले वैदेशिक रोजगार बिभागको सहयोग बिना पासवर्ड रिसेट गर्न सक्नु हुन्न । पासवर्ड रिसेट आफैले गर्नको लागि तपाइँको आफ्नै इमेल बिभागको सिस्टममा देखाएको हुनुपर्छ ।

अब तपाइँलाई आफ्नो id र पासवर्ड थाहा छैन वा तपाइँको FEIMS सिस्टममा अर्कै Email प्रयोग गरेको कारण सिस्टममा छिर्न सक्नु भएको छैन भने आफ्नो पासवर्ड रिसेट गर्नको लागि वैदेशिक रोजगार बिभागको आईटि शाखामा निवेदन दिनुपर्ने हुन्छ । निवेदनको निश्चित ढाँचा छ, अहिले कोरोनाको कारण इमेलबाट निवेदन दिएर पनि पासवर्ड रिसेट गर्न सकिने व्यवस्था बिभागले गरेको छ । इमेलबाट पासवर्ड रिसेटको निवेदन दिंदा अनिवार्य आफ्नो परिचय खुल्ने सरकारी कागजात पनि पठाउनु पर्छ ।

यो निवेदन नमुना निषेधाज्ञाको समयमा मात्र मान्य हुनेछ । निवेदनमा आफ्नो विवरण भरेर बिभागको [email protected] मा पठाउनुपर्नेछ । बिभागले निवेदन हेरेर पासवर्ड रिसेटको जानकारी दिनेछ । त्यसपछि तपाइँले आफूले चाहेको पासवर्ड र इमेल अध्यावधिक गर्न सक्नुहुनेछ ।

तपाइँको सहजताको लागि हामीले एउटा निवेदनको नमुना अपडेट गरेका छौं, तपाइले निवेदन नमुना तल डाउनलोडमा क्लिक गरेर प्राप्त गर्न सक्नुहुन्छ । यो निवेदन नमुना निषेधाज्ञाको समयमा मात्र मान्य हुन्छ अन्यथा तल थप अर्को निवेदनको नमुना दिईएको छ ।

Download in Word File

निषेधाज्ञा सकिएपछि पासवर्ड रिसेट गर्ने फारम

माथिको सुविधा निषेधाज्ञाको अवधिमा अनलाइन श्रम स्वीकृति लिन चाहेकाहरुको लागि मात्र हो । अन्यथा बिभागमै पुगेर वा इमेलबाट निवेदन दिनु पर्छ । जसको लागि तलको निवेदन नमुना डाउनलोड गरेर प्रिन्ट गर्नु पर्छ । निवेदन फारमको सबै विवरण भरेर ल्याप्चे समेत हानि हस्ताक्षर गरि त्यसैलाई स्क्यान गरेर [email protected] मा पठाउनुपर्ने बिभागले जनाएको छ ।

निवेदन फारम: (Download Now)