Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

नक्कली लाइसेन्स बनाएको आरोपमा यातायात कार्यालय एकान्तकुनाका १७ जनाविरुद्ध मुद्दा

By साझासवाल 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

असार ७, काठमाडौं | विविध कारणले नवीकरण नभएका, रद्द भएका तथा म्याद सकिएका सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को गैरकानुनी रुपमा नवीकरण गरेको अभियोगमा यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमति पत्र, एकान्तकुना (ललितपुर)का १२ जना कर्मचारी र ५ जना विचौलिया गरी १७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। ।

उनीहरुले नवीकरण नभएका तथा स्वत: रद्द भएका सवारी चालकको नाममा जारी भएको सवारी चालक अनुमति पत्र गैरकानूनी रुपमा नवीकरणको बाटोबाट सच्याएर ५३३ जना नयाँ व्यक्तिको नाममा लाइसेन्स बनाएर  भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ११ बमोजिमको कसुर गरेको अख्तियारको आरोप छ ।

यातायात व्यवस्था कार्यालय एकान्तकुनाका तत्कालीन प्रमुखहरु  सम्बर बहादुर कार्की र राजुभाई कुस्मा, मेकानिकल इन्जिनियर विजय राज गिरी, सहायक स्तर (पाचौँ) कमल स्याङतान, सिनियर मेकानिक्स अच्युत प्रसाद फुयालविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। यस्तै, कम्प्युटर अपरेटर (करार सेवा) प्रकाश कार्की, कम्प्युटर अपरेटर (करार सेवा) रेजु भट्टराई, कम्प्युटर अपरेटर (करार सेवा) रोसन राजभण्डारी, कम्प्युटर अपरेटर (करार सेवा) श्याम सुन्दर चौधरी, कम्प्युटर अपरेटर (करार सेवा) लक्ष्मी श्रेष्ठ, कम्प्युटर अपरेटर (करार सेवा) माया सेठी र कम्प्युटर अपरेटर (करार सेवा) रिचा श्रेष्ठविरुद्ध पनि मुद्दा दायर भएको छ।

विचौलियाहरु हरिभक्त श्रेष्ठ, बाबुराम शर्मा भन्ने उद्धब बहादुर खत्री, दिपक विश्वकर्मा, गणेश अधिकारी र नरेन शाक्यसमेतको मिलेमतोमा  उनीहरुले ५३३ जना नयाँ व्यक्तिको नाममा लाइसेन्स जारी गरेको देखिएको अख्तियारले जनाएको छ।