Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

बैंकिङ कसुर मुद्दाका फरार २ अभियुक्त बालुवाटारबाट पक्राउ

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

असार १७, काठमाडौँ | प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो( सीआईबी)ले बैंकिङ कसुर मुद्दाका फरार दुई जना अभियुक्तहरुलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा महोत्तरीको लोहारपट्टि नगरपालिका-७ घर भई हाल ललितपुरको महालक्ष्मी नगरपालिका-१ इमाडोल बस्‍ने २८ वर्षीय गौरभ शर्मा र धादिङको नेत्रवती डबजोङ गाउँपालिका-५ घर भई काठमाडौंको तारकेश्वर नगरपालिका-१० मनमैजु बस्‍दै आएका ३१ वर्षीय प्रेमबहादुर गुरुङ रहेका छन् ।

उच्च अदालत पाटनको २०७९ वैशाख ५ गतेको फैसलाले शर्मालाई ११ दिन कैद र ५५ लाख जरिवाना सुनाएको थियो भने गुरुङलाई उच्च अदालत पाटनले २०७९ साल वैशाख ४ गते २ दिन कैद र ९ लाख ९० हजार रुपैयाँ जरिवाना सुनाएको थियो ।

महाराजगञ्जबाट खटिएको सीआईबीको ब्‍यूरोले शर्मा र गुरूङ दुवै जनालाई काठमाडौं बालुवाटारबाट पक्राउ गरेको जनाएको हो ।

दुवैजनाले खातामा पर्याप्त मौज्दात रकम नभएको भन्‍ने जानी जानी झुक्याएर बैंकको चेकहरु आ-आफ्नो खाताबाट भुक्तान हुने गरी पीडितलाई दिएका थिए।

पक्राउ परेका उनीहरुलाई फैसला कार्यान्वयनको लागि ललितपुर जिल्ला अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ ।