२०८३, ५ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अब हरेक वर्ष ब्रोकर लाइसेन्स खुल्ने, २० करोड चुक्ता पुँजी पुर्याउने सबैले पाउने

२०७९, २२ असार बुधबार ०६:२६

असार २२, काठमाडौँ | नेपाल धितोपत्र बोर्डले अब हरेक वर्ष ब्रोकर लाइसेन्स खुला गर्ने भएको छ । बोर्डले धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता नियमावली, २०६४ संशोधन गरी उक्त व्यवस्था लागु गर्ने प्रस्ताव गरेको छ ।

९ वर्षपछि नयाँ ब्रोकर लाइसेन्स खोल्ने गृहकार्यमा धितोपत्र बोर्ड

ब्रोकर लाइसेन्सका लागि धितोपत्र बजारले पहिलो आर्थिक वर्षको हकमा ३० दिनको समय दिई निवेदन माग गर्ने व्यवस्था गरिएको छ । त्यसपछि, प्रत्येक आर्थिक वर्षको पहिलो महिनाभित्र इन्छुक कम्पनी वा संगठित संस्थाले सिफारिसको लाग धितोपत्र बजारसमक्ष निवेदन दिनुपर्नेछ ।

धितोपत्र बजारले नियमावलीको व्यवस्थाहरु पूरा भए नभएको जाँचबुझ गरी निवेदन प्राप्त भएको मितिले ३५ दिनभित्र बोर्ड समक्ष सिफारिस गर्नुपर्ने व्यवस्थामा उल्लेख छ ।

तोकिएको समयभित्र सिफारिस गर्न नसकेमा कारणसहित बोर्डलाई जानकारी गराउनु पर्ने र नियमावलीले गरेको व्यवस्थाहरु पूरा गरेको देखिएमा बोर्डले १५ दिनभित्र निवेदकलाई पूर्वाधार तयार गर्न सूचित गर्ने धितोपत्र बोर्डले जनाएको छ । 

 बोर्डका अनुसार सीमित कार्य गर्ने धितोपत्र दलाल सेवाका लागि न्यूनतम २० करोड रुपैयाँ चुक्ता पुँजी हुनुपर्नेछ । यसमा ब्रोकरहरुले सम्बन्धित ग्राहकको नामबाट मात्र ग्राहकको आदेश अनुसार धितोपत्र खरिद वा विक्री गर्न सक्नेछन् । पूर्ण कार्य गर्ने धितोपत्र दलाल सेवा प्रदान गर्नेहरु ब्रोकर कम्पनीहरुको चुक्ता पुँजी ६० करोड रुपैयाँ हुनुपर्नेछ । 

धितोपत्र व्यापरी लाइसेन्सका लागि भने एक अर्ब ५० करोड रुपैयाँ पुँजी निर्धारण गरिएको छ । धितोपत्र व्यापारीले आफ्नो नामबाट धितोपत्र खरिद वा बिक्री गर्न, धितोपत्र दलालको कार्य गर्न, धितोपत्र प्रत्याभूतिको कार्य गर्न र योग्य संस्थागत लगानीकर्ताको रुपमा पनि कार्य गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानन्यायाधीशको शपथ ६:१० बजे दुर्गा प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐन र राज्यविरुद्धको कसुरमा मुद्दा दर्ता मन्त्रीपरिषद बैठक सुरु नक्कली लालपुर्जा बनाएर जग्गा पास गराउन खोज्ने तीन जना पक्राउ विद्यार्थी संगठन खारेज गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट भगवानको रक्षा गर्नुपर्ने बेला भएको छ : सांसद खरेल सरकारको नीति गरिब होइन, गरिबी भगाउने हुनुपर्छ: विष्णुमाया बिक प्रतिनिधिसभाको बैठक सुरु प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक सुन-चाँदीको मूल्य बढ्यो विद्यादेवी भण्डारीलाई पार्टी सदस्यता दिने एमालेको निर्णय घुस लिएको अभियोगमा नायब सुब्बाविरुद्ध मुद्दा दायर नेप्सेमा सामान्य गिरावट स्कटल्यान्डविरुद्ध नेपाल ६ विकेटले विजयी एमाले सचिवालय बैठक जारी सुनको मूल्य बढ्यो नेपाललाई स्कटल्याण्डले दियो १९५ रनको सामान्य लक्ष्य वायु प्रदर्शनका कारण धेरैजना क्यान्सर पीडित भएका छन् : इन्दिरा राना मगर दोश्रो राष्ट्रिय कुलिनरि प्रतियोगिताको उपाधि आरोमा हस्पिटालिटि बुटवललाई मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु