Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
September 14, 2022 काठमाडौँ - KTM

पल शाह प्रकरणकी नाबालिक पीडित भन्छिन्–क्षतिपूर्ति बापतको रकम लिने मनसाय छैन

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>भदौ २९, काठमाडौँ |&nbsp;</b>अभिनेता पल शाहबाट बलात्कृत भएकी भनिएकी नाबालिगले सामाजिक सञ्जालमा आफ्नाविरुद्ध बनेका लज्जास्पद तस्बिर र गाली गलौजले गर्दा&nbsp; मानसपटलमा नकरात्मक प्रभाव परेको बताएकी छन् । उनले आफ्नै घरको घटना जस्तो सम्झेर आफ्नो समस्यालाई नियालिदिन पनि सबै पक्षसँग अनुरोध गरेकी छन् ।&nbsp;<br></p><p>सामाजिक सञ्जालमार्फत उनले आफूमाथि भएको घटना नेपालको कलाकारिता क्षेत्रका निम्ति नै दुःखद घटना भएको समेत उल्लेख गरेकी छन् । ‘सामाजिक सञ्जालमा मेराविरुद्ध बनेका लज्जास्पद तस्बिर र गाली गलौजले गर्दा मेरो मानसपटलमा नकरात्मक प्रभाव परेको छ। कृपया आफ्नै घरको घटना जस्तो सम्झेर मेरो&nbsp; समस्यालाई नियालि दिनुहोला’, उनले भनेकी छन् ।&nbsp;</p><p>उनले आफूले पीडकबाट क्षतिपूर्ति&nbsp; बापत वा अन्य कुनै पनि रकम माग नगरेको उल्लेख गरेकी छन् ।&nbsp; क्षतिपूर्ति बापतको उक्त रकम लिने आफ्नो मनसाय नभएको पनि उनले बताएकी छन् । ‘म आफ्नो अस्मिता रक्षाका लागि&nbsp; आफ्नो ठाउँमा अडिग छु’,उनले भनेकी छन् । नवलपरासी अदालतले पल शाहलाई बलात्कार आरोपमा सफाइ दिएको थियो । तर बाल दुरुपयोग आरोपमा भने दोषी ठहर गर्दै १० लाख क्षतिपूर्ति भर्ने फैसला गरेको थियो । सो मुद्दा तनहुँ अदालतमा भने विचाराधीन नै छ ।</p>