तनहुँमा जिप दुर्घटना हुँदा ६ जना घाइते

Posted on: 01 Sep, 2024

भदौ १६, काठमाडौं । ऋषिङ गाउँपालिका-१ झापुटारमा आज बिहान भएको जिप दुर्घटनामा छ जना घाइते भएका छन्। 


भिरकोटबाट दमौलीतर्फ आउँदै गरेको बा १३ च २४५६ नम्बरको जिप सडकछेउको नालामा खस्दा छ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। 

दुर्घटनामा मानवीय क्षति नभएको र घाइतेको अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!