तनहुँमा पहिरोमा बेपत्ता तिनै जनाको शव फेला

Posted on: 07 Jul, 2024

असार २३, दमौली । तनहुँमा पहिरोमा बेपत्ता भएका तीन जनाको शव फेला परेको छ ।

शनिबार दिउँसो शुक्लागण्डकी नगरपालिका-७ काउरेमा हिरा नेपाली र सुनमाया कुमालको घरमा खसेको पहिरोमा तीन जना बेपत्ता भएका थिए ।


जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार एक जनाको शव शनिबार नै फेला परेको थियो भने आइतबार बिहान थप दुई जनाको शव फेला परेको हो ।

पहिरोमा परेर ज्यान गुमाउनेमा ४० वर्षीय हिरा नेपाली, ३७ बर्षिय अनिशा बास्तोला र ६५ बर्षिय श्याम भण्डारी रहेका छन् । तीनै जनाको शव जिपी कोइराला श्वासप्रस्वास उपचार केन्द्रमा राखिएको प्रहरीले बताएको छ । 

सो पहिरोमा पाँच जना घाइते भएको र उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!