ताप्लेजुङमा चट्याङ लागेर बालक मृत्यु, दुई जना घाइते

Posted on: 27 Apr, 2023

बैशाख १४,  ताप्लेजुङ | ताप्लेजुङमा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ भने दुई घाइते भएका छन् । गए राति अनिसा पानीसँगै परेको चट्याङ लागेर  मैवाखोला गाउँपालिका–४ साँघु चित्रेका ११ वर्षीय दोर्ची शेर्पाको मृत्यु भएको हो ।

चट्याङ लागेर  दोर्चीका बुबा दारिञ्जी र आमा मिङ्लाल्हमु सख्त घाइते भएका छन् । घाइते दुवै जनाको जिल्ला अस्पतालको उपचार भइरहेको मैवाखोला गाउँपालिकाका अध्यक्ष विजय प्रकाश वनेमले जानकारी दिनुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!