४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ताप्लेजुङ्ग - TPL

पर्यटन र पर्वतारोहण विषयको पठनपाठन सञ्चालन हुन्छः मन्त्री भट्टराई

२५ कार्तिक २०७७, मंगलवार ११:२३

कात्तिक २५, ताप्लेजुङ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले पर्यटन प्रवद्र्धनका लागि मुलुकका विभिन्न स्थानमा पर्यटन र पर्वतारोहण विषयको पठनपाठन सञ्चालन गर्ने बताउनुभएको छ । 

ताप्लेजुङको मैवाखोला गाउँपालिकास्थित नारायणी माध्यमिक विद्यालयमा पर्यटन र पर्वतारोहण विषयको अध्यापनको शुभारम्भ गर्नुहुँदै उहाँले भन्नुभयो, “पर्यटनका हिसाबले नेपाल अथाह सम्भावना भएको मुलुक भएकाले यहाँको पर्यटन प्रवद्र्धन र विकासका लागि पर्यटन र पर्वतारोहण सम्बन्धि शिक्षा आजको अवश्यकता हो ।”  

मन्त्री भट्टराईले हिमालै हिमाल भएको देश नेपालमा हिमाल आरोहणका लागि वर्षेनी हजारौंको सङ्ख्यामा विदेशी पर्यटक आउने र स्वदेशी पर्यटकले समेत हिमाल चढ्ने भएकाले यसमा चासो राख्नेका लागि मुलुकका विभिन्न स्थानमा ती विषयको पठनपाठन सञ्चालन गर्न जरुरी देखिएको बताउँदै मुलुकका केही विद्यालयले यस विषयको अध्यापन शुरु गरिसकेको जानकारी दिनुभयो । 

नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठान र नारायणी माध्यमिक विद्यालयबीच कक्षा ११ र १२ मा यो विषयको अध्यापनका लागि शनिबार मात्रै सम्झौता भएको बताइएको छ । स्थानीयस्तरमा नै पर्यटन विषयको पढाइ शुरु हुने भएपछि स्थानीयवासी उत्साहित भएका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ