उदयपुरमा भिरबाट जिप खस्दा ६ जनाको मृत्यु

Posted on: 14 Mar, 2024

फागुन ३० काठमाडौँ | उदयपुरको बेलका नगरपालिका– ७ मा भिरबाट गाडी खस्दा ६ जनाको मृत्यु भएको छ ।

नेपाल प्रहरीका कोशी प्रदेश प्रमुख डीआईजी चन्द्रकुबेर खापुङका अनुसार घटनास्थलमा नै ६ जनाको शव भेटिएको छ ।


भोजपुरको घोडेटारबाट सुनसरीको धरानतर्फ जाँदै गरेको जिप सडकबाट ५०० मिटर तल खसेर दुर्घटना भएको हो ।

घटनास्थलमा रहेका स्थानीय मिलन राईका अनुसार ७ जनालाई उद्धार गरेर बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ ।

दुर्घटना मृत्यु भएकाहरुको सनाखत हुन बाँकी छ । दुर्घटनाको कारण पनि खुलेको छैन ।

प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले ६ जनाको मृत्यु भएको तर मृतकको सनाखत हुन बाँकी रहेको बताए । उनका अनुसार दुर्घटनास्थल भोजपुरबाट नजिक पर्ने भएकाले भोजपुर र उदयपुर दुवै जिल्लाका प्रहरीहरु उद्धारमा परिचालन गरिएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!