पढ्न करिब 2 मिनेट लाग्छ

मङ्सिर ८, बोगोटा । कोलम्बिया सरकार र विद्रोही समूह रिभोलुसनरी आर्मड फोर्सेस फर कोलम्बिया (फार्क)बीचमा बिहीबार नयाँ शान्ति सम्झौतामा हस्ताक्षर हुने भएको छ ।

करिब आधा शताब्दीको द्वन्द्व अन्त्य गर्न यसअघि भएको शान्ति सम्झौता जनमत सङग्रहबाट अस्विकृत भएपछि पुनः नयाँ शान्ति सम्झौता गर्न लागिएको दुवै पार्टीले जानकारी दिएको छ । नयाँ शान्ति सम्झौता अनुमोदनको लागि संसदमा पेश गरिने भएको छ । दोस्रो पटक जनमत सङ्ग्रहमा जानु भन्दा अनुमोदनको लागि संसदमा पेश गर्नु नै तुलात्मक रुपमा राम्रो हुने बताइएको छ ।

द्वन्द्व अन्त्य गर्न र शान्ति प्रक्रियालाई तार्किक निश्कर्षमा पुर्याउन तयार पारिएको नयाँ शान्ति सम्झौता अन्तिम अवस्थामा पुगेको दुवै पक्षद्धारा मङगलबार जारी संयुक्त बक्तव्यमा जनाएका थिए । नयाँ शान्ति सम्झौता गत नोभेम्बर १२ मा पहिलो पटक घोषणा गरिएको थियो । बिहीबार हुने हस्ताक्षर कार्यक्रम स्थानीय समयानुसार विहान ११ बजे बोगोटाको कोलन थियटरमा आयोजना गरिएको छ ।

सो सम्झौतामा हस्ताक्षर भएपछि अनुमोदनको लागि संसदमा पेश गरिने दुवै पक्षले बताएका छन् । “हामीले यसका लागि आवश्यक संपूर्ण प्रक्रियागत कामहरु गरिरहेका छौं,” उनीहरुले भनेका छन् । संसदमा अहिलेको सरकारको बहुमत रहेको छ ।

दुई पक्षबीच नयाँ सम्झौताको लागि वर्तमान राष्ट्रपति जोन म्यानुएल सन्तोषको अथक प्रयास रहेको र प्रतिपक्षी दलसँग पनि पर्याप्त छलफल गर्नु भएको छ । सन्तोषले प्रतिपक्षी दलले उठाएका विषयवस्तुलाई सम्झौतामा कसरी समावेश गर्न सकिन्छ भन्ने बारेमा फार्कसँग परामर्श गरेको बताउनुभयो ।

विपक्ष दलका नेता तथा पूर्वराष्ट्रपति एल्भारो उरिबेले पहिलो शान्ति सम्झौताले विद्रोहीले विगतमा गरेका अपराधप्रति जवाफदेही नबनाएको भन्दै विरोध गर्दै आउनुभएको थियो ।

कोलम्बियामा झन्डै ५० वर्षसम्म भएको द्वन्द्वका कारण झन्डै दुई लाख ६० हजार जनाको मृत्यु भएको थियो भने लाखौँ विस्थापित भएका थिए । रासस/एएफपी