जेठ २६, न्होमपेन्ह । कम्बोडियाले श्रीलङ्कामा बाढी पहिरोबाट प्रभावित भएका व्यक्तिहरुलाई १ लाख अमेरिकी डलर बराबरको रकम सहयोग गर्ने शुक्रबार जानकारी दिइएको छ । "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... जेठ २६, न्होमपेन्ह । कम्बोडियाले श्रीलङ्कामा बाढी पहिरोबाट प्रभावित भएका व्यक्तिहरुलाई १ लाख अमेरिकी डलर बराबरको रकम सहयोग गर्ने शुक्रबार जानकारी दिइएको छ । "/>
2026-06-14

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कम्बोडियाले श्रीलङ्कालाई एक लाख अमेरिकी डलर सहयोग गर्ने

June 9, 2017

जेठ २६, न्होमपेन्ह । कम्बोडियाले श्रीलङ्कामा बाढी पहिरोबाट प्रभावित भएका व्यक्तिहरुलाई १ लाख अमेरिकी डलर बराबरको रकम सहयोग गर्ने शुक्रबार जानकारी दिइएको छ । 

शुक्रबार कम्बोडियाका प्रधानमन्त्री सम्डेच टेचो हुन सेनले आफ्ना समकक्षी रनील विक्रमासिङ्गेलाई पठाउनु भएको सन्देशमा यस प्रकोपको सङ्कटकालीन सहयोग पठाइएको जानकारी दिनुभएको छ । 

साथै उहाँले सो सन्देशमा यस बाढी पहिरोमा ज्यान गुमाउने व्यक्तिको परिवारहरुप्रति समवेदना पनि प्रकट गर्नुभएको छ । 

कम्बोडियाली सरकार र जनताको तर्फबाट यस प्रकोपमा ज्यान गुमाउने व्यक्तिका परिवारलाई गहिरो समवेदना प्रकट गरेको पनि उहाँले आफ्नो सन्देशमा बताउनु भएको छ । 

गत मे २६ बाट श्रीलङ्कको पश्चिम र मध्य प्रान्तहरुमा आएको बाढी पहिरोको कारण हालसम्म कम्तीमा २११ व्यक्तिको मृत्यु हुनुको साथै अन्य कैयौँ वेपत्ता भएका छन् । 

यस प्रकोपको कारण पाँच लाखभन्दा बढी व्यक्ति विस्थापित भएका छन् । साथै बाढी पहिरोबाट नागरिकको भौतिक सम्पत्तिमा पनि ठूलो क्षति पुगेको समाचारमा जनाइएको छ । रासस/सिन्ह्वा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक