जेठ २८, तेहरान | इरानले कतारलाई पाँच ओटा कार्गो विमान खाद्यान्न पठाइएको इरानको सरकारी अधिकारीहरुले आइतबार जनाएका छन् । 

अरबी देशहरुबाट नाकाबन्दी गरिएकाले"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... जेठ २८, तेहरान | इरानले कतारलाई पाँच ओटा कार्गो विमान खाद्यान्न पठाइएको इरानको सरकारी अधिकारीहरुले आइतबार जनाएका छन् । 

अरबी देशहरुबाट नाकाबन्दी गरिएकाले"/>

2026-06-15

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

इरानले झन्डै ३५० टन खाद्यान्न कतारलाई पठायो, मागेजति पठाईरहने

जेठ २८, तेहरान | इरानले कतारलाई पाँच ओटा कार्गो विमान खाद्यान्न पठाइएको इरानको सरकारी अधिकारीहरुले आइतबार जनाएका छन् । 

अरबी देशहरुबाट नाकाबन्दी गरिएकाले कतारमा खाद्यान्न सङ्कट हुन सक्ने देखेर इरानले खाद्यान्न पठाइदिएको जनाएको छ । “पाँच ओटा कार्गो जहाजमा फलफुल, तरकारीलगायतका ताजा खानेकुरा कतार पठाइएको छ, हरेक विमानले झन्डै ९० टन बोकेका थिए, अरु जहाजमा पनि पठाइने भएको छ,” इरानका हवाई प्रवक्ता शाक्रोख नौशाबाडीले भन्नुभयो । 

“त्यहाको मागअनुसार हामी निरन्तर निर्यात गर्ने छौँ,” उहाँले थप्नुभयो । झन्डै ३५० टन त्यो खाद्यान्न पानी जहाजमा राखेर कतारको बन्दरगाहामा पुर्याइएको उहाँले जानकारी दिनुभयो । दायेर इरानबाट कतारको सबै भन्दा नजिकको बन्दरगाहा हो । 

अरव क्षेत्रमा यस वर्ष निकै ठुलो कुटनीतिक समस्या देखिएको छ । साउदी अरव, बहराइन, युनाइटेड अरव इमिरेटस्, इजिप्ट र यमनले गत सोमबार कतारमा नाकाबन्दी गरिएको घोषणा गरेका थिए । कतारले अतिबादीलाई सहयोग गरेकाले नाकाबन्दी गर्नुपरेको उनीहरुको भनाइ छ । 

बेलायतको म्यान्चेस्टरमा गरिएको बिभत्स आतङ्ककारी आक्रमणको दुई हप्ता बित्न नपाउँदै बेलायत कै लन्डन ब्रिजनजिक अर्को भीषण आतङ्ककारी आक्रमणको घटना दोहोरिएपछि सम्पूर्ण युरोप भयभित भई तीव्र खैलाबैला मच्चिएको थियो । 

पछिल्लो आक्रमण इस्लामिक स्टेट्स आतङ्कवादी सङ्गठन ९आइएस०ले गराएको दाबी गरेको थियो । आइएसका सशस्त्र लडाकू समूहलाई भित्रभित्रै सहयोग गरेको, अमेरिका, युरोपेली सङ्घलगायत पश्चिमी मुलुकहरुद्वारा कडा प्रतिबन्ध लगाइएको इरानसँग गहिरो साँठगाँठ राखेको र मध्यपूर्वका राष्ट्रबीच आपसी मतभेदकारी निती अवलम्बन गरेको इत्यादि आरोपमा गल्फका छ अरबी राष्ट्रहरु–इजिप्ट, लिबिया, साउदी अरब, युनाइटेड अरब इमिरेट्स, बहराइन, यमन तथा टाढाको दक्षिण एसियाली राष्ट्र माल्दिभ्ससमेत सातवटा मुलुकले कतारसँग दौत्य सम्बन्ध बिच्छेद गरेका थिए । 

ती मुलुकले कतारस्थित आ–आफ्ना कूटनीतिक नियोग वा राजदूतावासबाट राजदूतलगायत सबै कर्मचारी फिर्ता बोलाउनुका साथै आफ्नो मुलुकमा रहेका कतारका सबै कूटनीतिक कर्मचारी एवम् नागरिकलाई देश छोड्ने आदेश दिएका थिए । 

त्यत्ति मात्र नभई ती राष्ट्रले आफ्नो जलमार्ग, स्थलमार्ग तथा हवाइमार्गका नाका प्रयोग गर्नबाट कतारका पानी जहाज, गाडी तथा विमानलाई प्रतिबन्ध लगाउने तथा आफ्नो देशका सबै विमान सेवाले कतारका कुनै पनि गन्तब्यतर्फ उडान नगर्ने निर्णय लिएका थिए । अझ कतारसँग स्थल सीमा जोडिएको मुलुक युनाइटेड अरब इमिरेट्सले आफ्नो सीमासमेत बन्द गरेको थियो । रासस/एएफपी 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ सुनचाँदीको मूल्य बढ्यो पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत