Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

७५ बर्ष पहिले बनेको १० हजार कोठाको यो होटल, यसकारण यहाँ बसेनन् कोहि

By साझासवाल 6 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

जर्मनीको रियूगेन आइल्याण्डमा बाल्टिक सागरको किनारमा बनेको नाजी होटल।

जर्मनीको रियूगेन आइल्याण्डमा बाल्टिक सागरको किनारमा बनेको नाजी होटल अब लग्जरी रिसोर्ट र अपार्टमेन्टमा बदलिएको छ । यो आकर्षक होटल दोश्रो विश्वयुद्ध (१९४५) देखिनै खाली भएको थियो, तबदेखि  आजसम्म यहाँ कोहि बस्न आएनन् । पछिल्लो चार बर्षदेखि यहाँ पुनर्निर्माणको काम भईरहेको छ, जुन काम अब पूरा भईसकेको छ । सरकारले अब त्यतिबेलाको होटल अब आलीशान अपार्टमेन्टमा बदलिदिएको छ र एक अपार्टमेन्ट पाँच लाख पाउण्ड (करीब ७ करोड) रुपयाँमा बिक्री भईरहेको छ ।

तर, यो जानेर तपाइँलाई हैरानी हुनेछ कि १० हजार कोठा भएको यस प्रोरा नामको होटलमा अहिलेसम्म कोहि पनि गेष्ट किन बसेनन् ।

यसमा बनेको लग्जरीमध्ये ९५ प्रतिशत अपार्टमेन्ट्स पुरै बन्नुभन्दा पहिलेनै बिकिसकेको छ । यसको लग्जरी अपार्टमेन्टको आठ ब्लक खूला गरिएको छ, जबकि बाँकी खुल्ने तयारीमा छन् । साथै यसमा बनेको स्पा रिसोर्ट र ट्रेंडी रेस्टुरेन्ट पहिलो होलिडे मेकर्सको लागि तयार गरिएको छ ।

७५ बर्ष पहिले किन पूरा गरिएन कन्स्ट्रक्शन ?

यस होटललाई १९३६ देखि १९३९ को समयमा नाजिहरुले होलिडे क्याम्प र होटलको लागि बनाएका थिए । यस होटल बनाउनुको पछाडी उनीहरुको उध्यश्य यहाँ जर्मन कामदारहरुलाई खाली समय बिताउनको लागि मौका दिनु थियो । यस बहानामा नाजीहरुले आफ्नो विचारधाराको प्रचार-प्रसार पनि गर्न चाहन्थे ।

यस प्रोजेक्ट निर्माणको लागि देशकै सबैभन्दा ठुलो कम्पनीको हात थियो । करीब ९ हजार मजदूरले यसमा काम गरेका थिए ।

दोश्रो विश्वयुद्धको क्रममा प्रोराको कन्स्ट्रक्शन रोकेर त्यहाँ कार्यरत मजदूरहरुलाई हतियार बनाउने फ्याक्ट्रीमा पठाइएको थियो । जसको कारण त्यतिबेलादेखि यो प्रोजेक्ट पुरा हुन सकेन । अधुरो भएकै कारण निकै राम्रो लोकेसन र सबै कोठाबाट समुन्द्र हेर्न सकिने यो होटलमा कहिलै पनि कोहि बसेनन् ।

यस कम्प्लेक्समा आठ अलग-अलग बिल्डिङ्ग बनेको छ, जो करीब साढें चार किमीको दूरीमा फैलिएको छ । साथै समुन्द्र किनारबाट यसको दुरी १५० मिटर मात्र रहेको छ । यसमा आठ हाउजिङ ब्लकको साथै थियेटर, सिनेमा, स्विमिङ पूल र फेस्टिवल हल संधै खाली भए । युद्द्धको क्रममा ह्याम्बर्गको कयौं मानिस यहाँको ब्लक्समा बसेका थिए ।

युद्धपछी प्रोरालाई ईस्ट जर्मन आर्मीले मिलिट्री आउटपोस्टझैं प्रयोग गरेका थिए । १९९० मा जर्मनीको एकीकरणदेखि यो होटल खालि थियो ।