पढ्न करिब 1 मिनेट लाग्छ

वैशाख ३० साना | विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले भ्यागुते रोगका कारण यमनमा ९१ जनाको मृत्यु भएको विवरण शनिबार सार्वजनिक गरेको छ ।

गत अक्टोबरदेखि फैलिएको यस रोगको प्रकोपबाट उनीहरुको मृत्यु भएको अधिकारीले जानकारी दिएका छन् ।

मुलुकका २३ ओटा प्रान्तमध्ये २० प्रान्तमा भ्यागुते रोगको प्रकोप फैलिएको छ । प्रकोपमा परी एक हजार ७२५ जना बिरामी भएका छन् ।

भ्यागुते रोग ब्याक्टेरियाको कारणले लाग्छ । प्रभावित व्यक्तिलाई ज्वरो आउने, घाँटीमा खैरो रङको झिल्लीका पाटा टासिने, घाँटी दुख्ने र सास फेर्न गाह्रो हुने लक्षण देखापर्छ । यमनमा यो रोग विषेश गरेर बालबालिकामा देखिएको छ ।

संयुक्त राष्ट्रसंघको सहयोगमा यमनमा बालबालिकामा देखिएको भ्यागुते रोगको विरुद्धमा राष्ट्रिय अभियान पनि चलाइएको थियो ।

भ्यागुते रोग विरुद्ध लड्न गत मार्चमा डब्लु एच ओ, युनिसेफ र यमनको स्वास्थ्य अधिकारीले संयुक्तरुपमा देशव्यापी बृहत अभियानको सुरुवात गरेका हुन् । रासस÷सिन्ह्वा