2026-06-26 02:16 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आमनिर्वाचन अभियानसँगै पाकिस्तानमा हिंसा बढ्दै

2018-07-11

असार २७, इस्लामावाद | यही जुलाई २५ मा हुनलागेको आमनिर्वाचनको लागि पाकिस्तानमा प्रचार प्रसार अभियान शुरु भएको छ । 

यस अभियानसँगै देशमा हिंसा भड्किने त्रासबीच बुधबार यस्तै हिंसात्मक आक्रमण भएको र त्यसमा परी कैयौँ नागरिकको ज्यान गएको समाचार प्राप्त भएको छ । 

पाकिस्तानको निर्वाचन आयोगले प्रचारप्रसार शुरु भएको जनाएको छ र सेनालाई स्वच्छ तथा निष्पक्ष निर्वाचन गराउने काममा सहयोगीको रूपमा विश्वास गरेको छ । 

उक्त आक्रमणमा अवामी नेशनल पार्टीका एकजना स्थानीय नेता अवामी हरुर पनि मारिएका छन् । उनी पनि सो निर्वाचन र्यालीमा सहभागी भएका थिए । 

उक्त राजनीतिक दल पनि निर्वाचनमा सहभागी भएको छ । यस दललाई विगत लामो समयदेखि पाकिस्तानका स्थानीय तालिबानले विरोधको तारो बनाएका छन् । 

मङ्गलबार भएको उक्त हमलाको पनि तालिबानले नै जिम्मेवारी लिएका छन् । हमलामा ६३ जना घाइते भएका छन् । आक्रमणमा घाइते भएका ३५ जनाको अवस्था गम्भीर रहेको बताइएको छ । 

आागमी निर्वाचनका लागि सुरक्षा खतरा रहेको चर्चा पाकिस्तानमा शुरु भएको छ । अर्कातर्फ पाकिस्तानी सेनाका प्रवक्ताले आगामी निर्वाचनमा सुरक्षा खतरा रहेको भनी प्रतिक्रिया दिएको केही घन्टापछि यता यो हमला भएको छ । 

निर्वाचनको अभियानको पहिलो दिन नै शक्तिशाली हमला भएको अधिकारीले बताएका छन् । उनीहरुले निर्वाचन अभियानलाई सुरक्षित बनाउने उपायका बारेमा सरकारसँग आग्रह गरिरहेका छन् । 

सेनाको भूमिका नहुने 

यसैबीच प्राप्त अर्काे एक समाचारअनुसार आगामी जुलाई २५ मा हुने निर्वाचनमा पाकिस्तानको राष्ट्रिय सेनाले सरकारले दिएको आदेश बमोजिम काम गर्ने तर आफ्नो कुनै स्वार्थ र ‘प्रत्यक्ष भूमिका नरहने’ बताएको छ । 

पाकिस्तानी सेनाका प्रवक्ताले मङ्गलबार बताएअनुसार सेनाले सुरक्षा र निर्वाचन सम्पन्न गर्न मात्र आफूहरु खट्ने जानकारी दिनुभएको हो । 

पाकिस्तानको सेनाले आगामी निर्वाचनको विषयलाई लिएर यहाँका सञ्चारमाध्यम र सत्ताधारी दलमाथि दवाव सिर्जना गर्न खोजेको भनी आरोप लागेकोमा त्यसप्रति लक्षित गरी सेनाका प्रवक्ताको यो भनाइ आएको हो । 

पाकिस्तानमा शक्तिशाली मानिने सेनाले आरोपको खण्डन गर्दै करिब तीन लाख ७० हजार सेना निर्वाचनमा खट्ने र आफ्नो कुनै स्वार्थ नरहने पाकिस्तानी सेनाका मेजर जनरल असिफ घाफुरले बताउनुभयो । रासस÷एएफपी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ