2026-06-24 07:01 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकी तल्लो सदनको नयाँ कार्यकाल शुरु, ट्रम्पमाथि थप दबाब

2019-01-03

पुस १९, वासिङ्टन | अमेरिकी कङ्ग्रेसको तल्लो सदनको कार्यकाल बिहीबारदेखि शुरु हुँदैछ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विपक्षी डेमोक्र्याटिक पार्टीले तल्लो सदनमा बहुमत ल्याएका कारण पनि संसदीय कामकारबाहीप्रति सबैको ध्यान गएको छ । 

हाउस अफ रिप्रिजेन्टेटिभ्स भनिने तल्लो सदनको सभामुखमा ट्रम्पविरोधी प्रखर वक्ता न्यान्सी पेलोसी चयन हुने सम्भावना छ । क्यालिफोर्निया राज्यबाट डेमोक्रयाटिक पार्टीका तर्फबाट प्रतिनिधित्व गर्ने पेलोसी यसअघि पनि दुईपटक सभामुख भइसक्नु भएको छ । 

अमेरिकी तल्लो सदनको चार वर्षे कार्यकालका लागि गत नोभेम्बरमा चुनाव भएको थियो । उक्त चुनावमा रिपब्लीकन पार्टीले बहुमत गुमाएको थियो । 

विगत आठ वर्षदेखि अमेरिकी माथिल्लो सदन सिनेट र तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्समा रिपब्लीकन पार्टीको बहुमत थियो । तर, बिहीबार ट्रम्पको एक दलीय सत्ताको अन्त्य हुँदैछ । राष्ट्रपति ट्रम्पले सन् २०१६ को चुनावमा अप्रत्यासित विजय हासिल गरेपछि विलखबन्दमा परेका डेमोक्र्याटहरु अहिले उत्साहित भएका छन् । 

अमेरिकी राष्ट्रपतिले आफ्नो दुई वर्षे कार्यकालमा सत्ताको दुरुपयोग गरेको डेमोक्र्याटहरुको ठम्याइ छ । तर, अब डेमोक्र्याटको हातमा नयाँ शक्ति प्राप्त भएको छ जसले ट्रम्पको आयकर, महान्यायाधिवक्ता जेफ सेसनको बर्खास्ती र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग राष्ट्रपतिको सम्बन्धका बारेमा अनुसन्धान गर्ने सम्भावना छ । 

संसदका संसदीय समितिको अध्यक्षता गर्ने सम्भावना रहेका व्यक्तिहरुले राष्ट्रपतिका सम्बन्धमा अरु धेरैवटा अनुसन्धान शुरु गरिने बताउनुभएको छ । सन् २०१६ को राष्ट्रपतीय चुनावमा रुससँगको सम्बन्धका बारेमा अनुसन्धान गरिरहेका रोबर्ट मुलरको पहिल्यै चेपुवामा परेका राष्ट्रपतिमाथि संसदीय छानबिनले ट्रम्प प्रशासनमाथि थप दबाब सिर्जना गर्नेछ । 

डेमोक्र्याट सांसद हकीम जेफ्रिजले भन्नुभयो, “भोलि, हामी बहुमतमा हुनेछौं । त्यसपछि, हामी लापरबाह ट्रम्प विरुद्धका विधेयकहरु पारित गर्नेछौं । अर्को, हामी स्वास्थ्यसेवाको लागत घटाउन सङ्घर्ष गर्नेछौं र प्रगतिशील एजेन्डालाई अगाडि बढाउनेछौं ।” 

तल्लो सदनमा डेमोक्र्याटहरुले बहुमत हासिल गरेपनि माथिल्लो सदन सिनेटमा रिपब्लीकनले झिनो बहुमत प्राप्त गरेका छन् । एकसय सदस्यीय सिनेटमा रिपब्लीकनको ५७ र डेमोक्र्याटको ४३ स्थान छ । बजेट समेतका महत्वपूर्ण विधेयकहरु पारित गर्न सिनेटभित्र रिपब्लीकनलाई ६० स्थान आवश्यक पर्दछ । 

संसदको पहिलो दायित्व नै दुई सातादेखि जारी सङ्घीय सरकारी कार्यालयहरुको आंशिक बन्दलाई खुलाउनु हुनेछ । बजेट अभावमा झण्डै एक तिहाई सङ्घीय कार्यालयहरु या त बन्द भएका छन् या आंशिक खुलेका छन् । 

ट्रम्पले अमेरिका–मेक्सिको सीमामा पर्खाल बनाउन ५ अर्ब ६० करोड डलरको बजेट पारित नभए बजेटमा हस्ताक्षर नगर्ने अडान राख्दै आउनुभएको छ । तर, डेमोक्र्याटहरु पनि उक्त बजेट पारित नगर्ने अडानमा यथावत छन् । 

पेलोसीले सङ्घीय कार्यालयहरुका लागि बजेट उपलब्ध गराउने नयाँ उपाय सुझाउनुभएको छ, तर राष्ट्रपति ट्रम्पले त्यसमा खासै रुची दिनुभएको छैन । पेलोसीले पर्खालका लागि छुट्याइएको बाहेकको बजेट पारित गर्न सकिने स्पष्ट गर्नुभएको छ । 

यसैबीच, राष्ट्रपति ट्रम्पले डेमोक्र्याटिक पार्टीका वरिष्ट नेताहरुसँग बुधबार बजेटका बारेमा छलफल गर्नुभयो, तर दुबै पक्ष आआफ्ना अडानमा कायम रहेका कारण कुनै नयाँ सम्झौता हुन सकेन । 

छलफलमा राष्ट्रपति ट्रम्पले पर्खालका लागि बजेट पारित हुनैपर्ने अडान दोहोर्याउनु भएको थियो । उहाँले सीमा सुरक्षा गम्भीर विषय भएकाले त्यससँग कुनै सम्झौता गर्न नसकिने भन्दै बजेटको विषयले सङ्घीय कार्यालयहरु खुल्न ढिला हुने सम्भावना रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “कार्यालयहरु खोल्न डेमोक्र्याटहरुले सहयोग गर्नुपर्छ । यो मेरो निजी कुरामात्र होइन ।” 

छलफलमा सहभागी सिनेट डेमोक्र्याट चक सुमरले आफूले राष्ट्रपतिलाई सङ्घीय कार्यालयहरु खोल्ने वातावरण बनाउन आग्रह गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “मैले राष्ट्रपतिलाई भने– राष्ट्रपति महोदय, कार्यालयहरु बन्द गर्नुपर्ने कुनै एउटा प्रष्ट कारण दिनुहोस् । तर राष्ट्रपतिले चित्तबुझ्दो जवाफ दिनु भएन ।” 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ फरक परिणाम निकाल्ने हो भने केही फरक गर्नैपर्छ: रवि लामिछाने कठिन परिस्थितिलाई अवसर र शक्तिमा बदल्न सक्ने क्षमता एमालेसँग छ: शंकर पोखरेल कुर्सी समातेर मात्रै बस्ने शैलीले पार्टी चल्दैन: गगन थापा रास्वपाकाे बन्दसत्र सुरू एमालेले संसदीय दलको बैठक पार्टी मुख्यालय च्यासलमा सुरू पछिल्लो कार्यतालिका अनुसार पनि सुरू भएन रास्वपा बन्दसत्र कक्षा १२ को नतिजा प्रकाशनमा कुनै त्रुटि भएको छैनः शिक्षा मन्त्रालय रास्वपाको नयाँ नेतृत्व चयनका लागि भोलि मतदान हुने रास्वपाको बन्दसत्र दिउँसो २ बजेदेखि सुरु हुने एमालेले बोलायो संसदीय दल र सचिवालयको बैठक