पढ्न करिब 1 मिनेट लाग्छ

फागुन ११, भेनेजुएला | भेनेजुएलाको राष्ट्रिय निर्वाचक सभाका अध्यक्ष डिओस्डाडो काबेल्लोले देशमा शान्ति स्थापनाका लागि छिमेकी मुलुक कोलम्बियासँगको सिमानाका बन्द गरिएको बताउनु भएको छ ।

देशको ताचिरा राज्यमा पर्ने सिमानामा बन्द गरिएको उहाँले शुक्रबार जानकारी दिनु भएको समाचारमा जनाइएको छ ।

“भेनेजुएलामा पूर्ण शान्ति स्थापनाका लागि यस्तो गरिएको हो,” काबेल्लोले सीमा क्षेत्रको भ्रमणका क्रममा भन्नुभयो ।

सरकारी उच्च अधिकारीहरुसँग आफूले देशका धेरै ठाउँहरु भ्रमण गरेको बताउदै उहाँले भन्नुभयो, “ती ठाउँहरुमा शान्ति छ ।”

“हाम्रो चासो शान्ति, अहस्तक्षेप, स्वतन्त्र राज्यको सम्मान हो, त्यो अहिले जनताले महसूश गर्न थालेका छन्,” उहाँले भन्नुभयो ।

भेनेजुएलामा राष्ट्रिय सभाका अध्यक्ष तथा विपक्षी नेता हुँवा गुआइदोले गत जनवरी २३ मा आफैले आफैलाई अन्तरिम राष्ट्रपति घोषणा गरेपछि राजनीतिक संघर्ष चर्किएको छ ।

आन्तरिक विबादलाई लिएर विश्व समुदाय पक्ष विपक्षमा उभिएका छन् । आन्तरिक तथा बैदेशिक सम्वन्धमा समस्या उत्पन्न भएपछि खाद्यान्न, औषधीलगायतको अभाव भएको समाचारहरु आएका छन् ।

भेनेजुएलाका नागरिकलाई खाद्यान्न र औषधीको अभाव भएपछि विभिन्न देशहरुले सहायता सामग्रीहरु पठाउन खोजेकाले त्यसलाई रोक्नका लागि पनि सिमानाकाहरु बन्द गरिएको आरोप पनि लगाउने गरिएको छ ।