Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७५ फाल्गुण ११ गते, अपराह्न ५:५० बजे
काठमाडौँ - KTM

नयाँ राष्ट्रपति चयनका लागि नाइजेरियामा मतदान

k By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

फागुन ११, नाइजेरिया | नाइजेरियामा नयाँ राष्ट्रपति चयनका लागि शनिबार निर्वाचन भएको छ ।

अघिल्लो हप्ता नै मतदान गर्ने तय भएपनि एक हप्ता पछाडी सारिएर यो शनिबार मतदान भएको हो । निर्वाचनका लागि देशभरी एक लाख २० हजार मतदान केन्द्रहरु तय गरिएको छ । उक्त निर्वाचनको मतदान विहान ७ बजेबाट सुरु भएको थियो ।

निर्वाचनको अन्तिम नतिजा अर्को हप्तासम्ममा आइसक्ने अनुमान गरिएको छ । नयाँ राष्ट्रपति चार बर्षका लागि चुनिने छन् ।

वर्तमान राष्ट्रपति मुहम्मद बुहारीले आफ्नो गृहनगर दाउरामा मतदान गरेर मतदानको सुरुवात गर्नु भएको थियो ।

मतदानपछि उहाँले पत्रकारहरुसँग भन्नुभयो, “मैले मलाई नै बधाई दिएको छु, किनकी मैले निर्वाचन जित्ने निश्चित छ ।” उहाँका मुख्य प्रतिश्पर्धी ७२ बर्षका अतिकु अबुबाकर हुनुहुन्छ ।

निर्वाचनबाट प्रतिनिधि सभाका लागि ३६० जना निर्वाचित हुने छन् भने १०९ जना सिनेटर निर्वाचित हुनेछन् । निर्वाचनमा ६५ सय उम्मेदवार रहेको निर्वाचन आयोगले जनाएको छ ।

कडा सुरक्षा व्यवस्था र केही हिंसात्मक घटनाहरुका बीचमा नाइजेरियामा लामो समयपछि निर्वाचन हुन लागेको हो । एएफपी