पढ्न करिब 1 मिनेट लाग्छ
<p>फागुन १७, तेहरान | इरानको राजधानी तेहरान नजिक शुक्रबार बिहानै भएको यात्रुबाहक बस दुर्घटनामा आठ जनाको मृत्यु भएको इरानी समाचार संस्था इस्नाले जनाएको छ । <br></p><p>इरानको करमान सहरबाट आएको बस तेहरान–क्वूम राजमार्गमा पल्टिएको स्थानीय प्रहरीले जनाएको छ । दुर्घटनाका कारण अरु ३६ जना घाइते भएका छन् । </p><p>ट्राफिक प्रहरी नादेर रहमानीले बिहानको समयमा बसका चालक निदाएका कारण दुर्घटना भएको हुनसक्ने बताउनुभयो । </p>

