पढ्न करिब 1 मिनेट लाग्छ
<p>फागुन १७, अफगानिस्तान | अफगानिस्तानको दक्षिणी प्रान्त हेल्मान्डस्थित सैनिक शिविरमा तालिवान समूहले आक्रमण गर्दा कम्तिमा ४० सैनिकको मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन् । <br></p><p>शुक्रबार समाचार तयार पार्दासम्म सरकारी सेना र तालिवान लडाकूबीच युद्ध जारी रहेको र कैयौँ सुरक्षाकर्मी घाइते भएको बताइएको छ । आक्रमणमा कैयौँ तालिवान विद्रोहीको पनि मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन् । विद्रोहीले उनीहरूलाई बोकेर लगेका कारण विद्रोहीतर्फ के कति क्षति भएको भन्नेबारे स्पष्ट हुन सकेको छैन । </p>

