2026-06-26 12:55 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ट्रम्प विरुद्ध प्रमाण खोज्दै अमेरिकी सांसदहरु

2019-03-04

फागुन २०, वासिङ्टन । अमेरिकी सांसदहरुले राष्ट्रपति डोनाल्ड ट्रम्पका कान्छा छोरा एवं आजीवन व्यावसायिक सहयोगी डोनाल्ड ट्रम्प जुनियर सहित ६० व्यक्ति तथा संस्थासँग रहेका कागजातको अनुसन्धान गर्ने भएका छन् । राष्ट्रपति ट्रम्पले आफ्नो पदीय शक्तिको दुरुपयोग गरेको आशंकामा सांसदहरुले औपचारिक छानबिन गर्न लागेका हुन् । 

अमेरिकी संसदको न्यायिक समितिका अध्यक्ष जेरी नाड्लरले अमेरिकी एबीसी टेलिभिजनसँग कुरा गर्दै डोनाल्ड ट्रम्प जुनियर र अलेन वाइसेलबर्ग समेतका ६० व्यक्ति तथा संस्थामाथि संसदले छानबिन गर्न लागेको जनकारी दिनुभयो । 

संसदमा विपक्षी डेमोक्र्याटिक पार्टीका वरिष्ट सदस्य समेत रहनुभएका नाड्लरले अनुसन्धान मुख्यतः न्यायमा अबरोध, भ्रष्टाचार र शक्तिको दुरुपयोगमा केन्द्रित हुने बताउनुभयो । हाल अमेरिकी संसदमा विपक्षी डेमोक्र्याटिक पार्टीको बहुमत छ । 

सन् २०१६ को अमेरिकी राष्ट्रपति चुनावमा रुससँग साँठगाँठ गरेको आरोपमा राष्ट्रपति ट्रम्पका विषयमा विशेष अनुसन्धाता रोबर्ट मुलरको समितिले पनि छानबिन गरिरहेको छ । 

धेरैजसो विश्लेषकहरुले राष्ट्रपति ट्रम्प विरुद्ध धेरैवटा सङ्घीय तथा राज्यस्तरमा भइरहेका अनुसन्धान पनि राष्ट्रपति ट्रम्पका लागि टाउको दुखाईको विषय बनेको जनाएका छन् । यी अनुसन्धानहरु खासगरी ट्रम्पका व्यवसायहरु तथा परोपकारी कार्यहरुका साथै कर छलीमा केन्द्रित भएका छन् । 

तर ट्रम्पले लगातार सङ्घर्ष गरिरहनुभएको छ, र ट्वीटरमार्फत निरन्तर विपक्षीमाथि तारो बनाइरहनुभएको छ । “म निर्दोश व्यक्ति हुँ तर ज्यादै खराब, विरोधाभाषी तथा भ्रष्ट व्यक्तिहरुले म विरुद्ध अत्याचार गरिएको छ,” उहाँले ट्वीट गर्दै पटकपटक भन्नुभएको छ । 

ट्रम्पका पूर्व निजी वकील माइकल कोहेनले पनि बुधबार संसदीय समिति समक्ष लामो बयान दिएका छन् । सांसदहरुले हालसम्म सार्वजनिक नभएका अरु तथ्यहरु बताउन र अमेरिकी जनतालाई वास्तविक कुरा भन्न कोहेनमाथि अनुरोध गरेका थिए । 

सांसद नाड्लरले कोहेनको कुराबाट पनि राष्ट्रपति ट्रम्पले न्यायमा अबरोध गरेको देखिएको बताउनुभयो । यसअघि ट्रम्पकै दबाबमा प्रथम राष्ट्रिय सुरक्षा सल्लाहकार माइक फ्लाइनले समेत रुसी संलग्नता बारेमा आफूले झुटो बयान दिएको अमेरिकी संघीय जाँच ब्यूरो (एफबीआई) समक्ष स्वीकारेका थिए । 

ट्रम्पले रुसी अनुसन्धानमै विवाद भएपछि मे २०१७ मा एफबीआईका प्रमुख जेम्स कोमेलाई पनि एकाएक बर्खास्त गरेका थिए । राष्ट्रपति ट्रम्पले एनबीसीसँगको एक अन्तर्वार्तामा रुसी अनुसन्धान प्रकरणमा जेम्स कोमेको भूमिकाबाट आफू असन्तुष्ट भएको बताएका थिए । 

“कोहेनले राष्ट्रपतिमाथि विभिन्न शंकास्पद तथ्यहरु उजागर गर्नुभएको छ । यी कार्यहरु राष्ट्रपति हुनुअघि र भएपछि पनि भएका छन्,” नाड्लरले बताउनुभयो । “तैपनि अझै ठोस प्रमाण भेटिइसकेको छैन । तर हामीहरु उपयुक्त अनुसन्धान प्रारम्भ गर्दैछौं ।” रासस/एएफपी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय