Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

भारत—पाकिस्तान सीमा क्षेत्रमा अझै पनि गोली हानाहान जारी

By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

फागुन २३, नयाँ दिल्ली | भारत र पाकिस्तानको सीमा क्षेत्रमा अझै पनि गोली हानाहान जारी रहेको भारतीय पक्षले जनाएको छ ।

भारतीय सेनाका उच्च अधिकारीहरूले दुवै पक्षबाट एक अर्काप्रति गोलावारी जारी राखे पनि कुनै मानवीय क्षति भने नभएको बताएका छन् ।

उनीहरूले गत चौबिस घण्टामा भएका गोली हानाहानमा भारतीय पक्षमा कुनै मानवीय क्षति नभएको बुधबार दाबी गरेका हुन् ।

गोली हानाहान भए पनि मानवीय क्षति नहुनेतर्फ उच्च सतर्कता अपनाइएको सैन्य अधिकारीहरूले बताएका छन ।

समग्र अवस्था हेर्दा पहिलाको भन्दा धेरै शान्त छ, भारतीय सेनाद्वारा जारी वक्तव्यमा उल्लेख छ ।

भारत प्रशासित काश्मिरको पुलवामामा केही दिन पहिले भएको आतङ्कवादी हमलामा ४० जना भारतीय सुरक्षाकर्मी मारिएपछि दुई देशबीच फेरी तनाव बढेको हो ।

हमलाको जिम्मा पाकिस्तानस्थित चरमपन्थी सङ्गठन जैश ए मोहम्मदको हात रहेको बताउँदै आएको छ भने भारतले त्यसमा पाकिस्तानी सरकारकै संलग्नता रहेको दाबी गरेको छ ।

त्यही दाबीअनुसार भारतले पाकिस्तानको बालाकोटमा हवाई हमला गरेपछि पाकिस्तानले जवाफी कारबाही गर्दा भारतको एउटा लडाकू विमान खसालिदिएको थियो । त्यही विमानमा रहेका एक जना चालकलाई पाकिस्तानले नियन्त्रणमा लिएको थियो । तर ती विमान चालकलाई विनासर्त पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भारततर्फ नै फिर्ता पठाएपछि तनावपूर्ण अवस्था पहिलाको भन्दा कम भएको हो ।