पढ्न करिब 1 मिनेट लाग्छ

फागुन २४, मेक्सिको | मेक्सिकोको दक्षिणी क्षेत्रमा भएको सवारी दुर्घटनामा परी कम्तीमा २५ जनाको मृत्यु भएको छ ।

मध्य अमेरिकी आप्रवासीहरु बोकेको ट्रक बिहीबार दुर्घटनाग्रस्त भएको हो । सो घटनामा परी अरु ३२ जना घाइते भएको अधिकारीहरुले जनाएका छन् ।

छिमेकी मुलुक ग्वाटेमालासँगको सीमा क्षेत्रमा पर्ने चियापास राज्यमा उक्त ट्रक दुर्घटनाग्रस्त भएको हो । तीव्र गतिमा रहेको उक्त ट्रक सडकमा पल्टिएको थियो ।

होन्डुरस, एल–साल्भाडोर र ग्वाटेमाला समेतका मध्य–अमेरिकी राष्ट्रहरुबाट मेक्सिको हुँदै बर्सेनि ठूलो संख्यामा मानिसहरु अमेरिका प्रवेश गर्न जोखिमपूर्ण यात्रा गर्दछन् । बाटोमा आइपर्ने जोखिमबाट बच्न उनीहरु समूह बनाएर यात्रा गर्ने गर्दछन् ।

बिहीबार दुर्घटनामा परेको ट्रकमा झण्डै ८० जना यात्रु रहेका थिए । घटनामा परी घाइते भएकाहरुलाई उपचार गराइएको छ ।

गत वर्ष अक्टोबरमा करिब सात हजार मानिस मेक्सिको हुँदै मेक्सिको–अमेरिकासँगको सीमावर्ती सहर तिजुआना पुगेका थिए ।