पढ्न करिब 1 मिनेट लाग्छ

फागुन २४, नयाँ दिल्ली । भारतमा मिग—२१ नामक लडाकू जेट विमान दुर्घटनाग्रस्त भएको छ ।

भारतीय वायु सेनाको सो विमान नियमित उडानका क्रममा राजस्थानमा शुक्रबार दुर्घटनाग्रस्त भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

भारतको राजस्थान राज्यमा पर्ने विकानेर जिल्लामा विमान दुर्घटना भएको रक्षा मन्त्रालयले जनाएको छ । विमान दुर्घटना भएपनि चालक भने सफलतापूर्वक अवतरण गरेका छन् ।

दुर्घटनाको थप विवरण आउन बाँकी रहेको अधिकारीहरुले बताएका छन् ।