2026-06-26 01:10 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसियाली नवनिर्वाचित राजाको संसदमा पहिलो सम्वोधन

2019-03-11

फागुन २७, क्वालालमपुर | मलेसियाका नयाँ राजा सुल्तान अब्दुल्लाह सुल्तान अहमद शाहले सोमबार पहिलो पटक संसदमा सम्वोधन गर्नुभएको छ । 

उहाँले सम्वोधनका क्रममा राष्ट्रिय एकताका लागि दलहरुलाई आह्वान गर्नुभएको समाचारमा जनाइएको छ । 

गत जनवरीमा देशको १६औ राजाका रुपमा राज्यभिषेक गरेका अब्दुल्लाहले बहुसांस्कृतिक र बहुजातीय पक्षलाई विषेश महत्व दिन पनि आग्रह गर्नुभएको छ । 

“बहुजातीय जनसंख्या भएको मुलुकमा सवै एकताबद्ध भयो भने त्यो निकै ठूलो शक्ति बन्न सक्छ,” उहाँले भन्नुभयो । 

विषेश गरे विश्व अर्थतन्त्रका चुनौतीलाई सामना गर्नेगरी नयाँ प्रविधि र नयाँ आर्थिक अवसरहरुलाई उपयोग गर्ने तर्फ लाग्न सरकारलाई सुझाव पनि उहाँले दिनुभयो । 

“मलाई विश्वास छ, नयाँ धनी व्यक्तिहरु तयार पार्नका लागि सरकारले नयाँ उद्यमीहरु, नयाँ लगानीकर्ताहरु र नयाँ अन्वेषकहरुलाई प्रोत्साहन गर्नेछ,” राजा अब्दुल्लाहले थप्नुभयो । 

अहिले चलिरहेका साना तथा मझौला उद्यमलाई पनि नयाँ प्रविधिको प्रयोग गरी अन्तर्राष्ट्रियस्तरमा हुनेगरी बिस्तार र विकास गर्नुपर्नेमा उहाँको जोड थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने