Skip to content
Friday, July 17, 2026 Nepali Online Media

४५ देशले बोइङको ७३७ म्याक्स ८ मोडलका विमानको उडानमा रोक लगाए

By kit 5 मिनेट पढाइ

पढ्न करिब 3 मिनेट लाग्छ
प्रकाशित:

फागुन २९, काठमाडौं । युरोप र एसियाका ४५ मुलुकले अमेरिकी जहाज निर्माता कम्पनी बोइङको ७३७ म्याक्स ८ मोडलका जहाजको उडान रोकेका छन्।

आइतबार इथियोपियन एयरलायन्सको सोही मोडलको जहाज दुर्घटनामा परेपछि वायुसेवा कम्पनीहरूले पछिल्लो समयमा विश्वभरि सफलता पाइरहेको उक्त मोडलका जहाजलाई ‘ग्राउन्डेड’ गरेका हुन्।

मंगलबार बिहानसम्म अष्ट्रेलियासहित युरोप र एसियाका अधिकांश मुलुकले बोइङ ७३७ म्याक्स ८ को उडानमा रोक लगाएका छन्। यो बाहेक दक्षिण अमेरिका र अफ्रिकाका केही एयरलायन्सले पनि उक्त मोडलका जहाज ‘ग्राउन्डेड’ गरेका छन्

इथियोपियाको राजधानी अदिस अबाबाबाट केन्याको नैरोवीका लागि उडेको बोइङ ७३७ म्याक्स ८ जहाजमा उडेलगत्तै समस्या देखिएको थियो। पाइलटले समस्याको जानकारी टावरलाई दिएपछि फर्कने अनुमति पनि पाएका थिए। तर धावनमार्ग छोडेको ६ मिनेटमा एकाएक जहाज सम्पर्कविहीन भयो। अदिस अबाबाबाट ५० किलोमिटर पर जमिनमा बजारिएको थियो ।

दुर्घटनामा चालक दलका सदस्यसहित १५७ जनाले ज्यान गुमाए । अमेरिकी जहाज निर्माता कम्पनी बोइङको यही मोडलको अर्को जहाज साढे चार महिना अघि दुर्घटना भएको थियो । गत अक्टोबर २९ मा इन्डोनेसियाको राजधानी जकार्ताबाट पाङकाल पिनाङ उडेको लायन एयरको जहाज पनि दुर्घटनामा परेको थियो । यी दुबै दुर्घटनामा एउटा समानता छ । दुबै जहाज टेकअफलगत्तै दुर्घटना परेका हुन् । लायन एयरको जहाज धावनमार्ग छोडेको १२ मिनेटमा दुर्घटनामा परेको थियो। दुबै दुर्घटनामा पाइलटले जहाजमा समस्या देखिनासाथ टावरलाई फर्कन अनुमति मागेका पनि मागेको देखिन्छ तर जहाज नजिकको विमानस्थलमा आइनसक्दै दुर्घटनामा परे।

पाँच महिनामा लगालग दुई नयाँ जहाज दुर्घटनामा परेपछि पछिल्लो समय विश्वभरका एयरलायन्सले माग गरिरहेको बोइङ ७३७ म्याक्स कति सुरक्षित छ भन्ने प्रश्न उब्जिएको छ । चीन, इन्डोनेसिया र इथियोपियाले बोइङ ७३७ म्याक्स जहाजको उडान अनिश्चितकालका लागि रोकेका छन् । चीनका विभिन्न एयरलाइन्समा यो मोडलका ७० जहाज सञ्चालनमा छन्। इन्डोनेसियाको लायन एयरसँग १३ र इथियोपियन एयरलायन्ससँग ५ वटा यस्ता जहाज छन्।

यो मोडलका झन्डै ३५० जहाज संसारभरि उडिरहेका छन् भने विभिन्न ६० वटा एयरलायन्स कम्पनीले ५ हजार वटा जहाज बनाउन अर्डर दिइसकेका छन्।

यो जहाजको सफलताका कारण बोइङको सेयरको भाउ ऐतिहासिक रूपमा बढेको छ । तर पछिल्ला दुई दुर्घटनाले संसारभरका वायु सेवा कम्पनी र यात्रुलाई बोइङको यो मोडलका जहाजप्रति सशंकित बनाइदिएको छ।

बोइङको ७३७ सिरिजमा म्याक्स पछिल्लो मोडल हो। यसअघिका मोडलभन्दा यो मोडलको जहाज इन्धन खपतमा किफायती छ। बोइङका ७३७ सिरिजका यसअघिका जहाजहरू सबैभन्दा सुरक्षितमध्ये मानिन्छन्। म्याक्सको ७, ८, ९ र १० मोडलका जहाजले १३८ देखि २०४ जनासम्म यात्रु बोक्न सक्छन्। दुई लहरमात्र सिट भएका यी जहाज छोटो र मध्यम दूरीका लागि उपयुक्त छन्। एजेन्सी