Skip to content
Friday, July 17, 2026 Nepali Online Media

निर्माणाधीन भवन भत्किदा सात जनाको मृत्यु

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>चैत ७, भारत | भारतको कर्नाटक राज्यस्थित धारवादमा गत मङ्गलबार एक घर भत्किँदा मारिने व्यक्तिको संख्या सात पुगेको स्थानीय प्रशासनले जनाएको छ । धारवादकी उपआयुक्त दीपा चोलानले भवनमा पुरिएका ६१ जनाको जीवितै उद्धार गरिएको बताउनुभयो ।&nbsp;<br></p><p>भारतीय वायुसेनाले निर्माणाधीन घरले थिचेका व्यक्तिहरुको खोज तथा उद्धारका लागि दुई वटा टोलीलाई हवाई जहाजबाट घटनास्थलमा पु¥याएको थियो । खोजी तथा उद्धार कार्य अझै जारी छ ।&nbsp;</p><p>यसैबीच, कर्नाटक राज्यका मुख्यमन्त्री एचडी कुमारास्वामीले खोज तथा उद्धारको कार्य युद्धस्तरमा भइरहेको जानकारी दिनुभयो । सरकारले उक्त घटनाको सूक्ष्म अध्ययन अनुसन्धान थालिसकेको जनाएको छ ।&nbsp;</p>